2026-09-27 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल

चैत १२, नयाँदिल्ली | दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ । 

भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ। 

यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका छन् । आफनो बयानमा केजरीवालका गुरु भनिने अन्ना हजारेले केजरीवालले आफ्नो कर्मको सजाय भोगिरहेको बताएका छन् । मदिरा नीतिका कारण यो सबै भएको अन्नाले बताएका छन् । ‘केजरीवालले मसँगै मदिराको विरुद्धमा आवाज उठाउनुहुन्थ्यो तर अहिले मदिरामा नीति बनाइरहेका छन,’ उनले भने ।

अन्नाले आफ्नो गाउँ रालेगन सिद्धिबाट जारी गरेको विज्ञप्तिमा केजरीवालजस्ता व्यक्तिले आफुसँग काम गरेकोमा दुःख लागेको बताएका छन् । केजरीवालले आफ्नो कर्मको फल पाइरहेको अन्नाले बताए । अन्नाले भने,  ‘मैले भन्नु केही छैन, अब जे हुन्छ त्यो सरकारले नै गर्नुपर्छ ।’

अन्नाले मदिरा नीतिबारे केजरीवाललाई दुईपटक चिठ्ठी समेत लेखेको तर उनले मेरो कुरा सुनेनन् । अन्नाले मेरो कुरा नसुनेको परिणाम आज केजरीवाल पक्राउ परेको उनको भनाइ छ ।  उनले भने,  ‘जब मनिष सिसोदिया र केजरीवाल मसँग काम गर्नुहुन्थ्यो, मैले सधैँ जनताको कल्याण हाम्रो काम हो भन्ने भनेको थिएँ तर आज दुवैले मेरो कुरा सुनेनन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह