2026-09-27 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- ‘चुनाव लड्ने पैसा छैन’

चैत १५, काठमाडौँ । भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग नलिने निर्णय गरेको बताइन् । निर्मला सीतारमणले आफूसँग चुनाव लड्न पैसाको अभाव भएको र आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी राज्यहरूमा विजयको मापदण्ड पूरा गर्न नसक्ने बताइन् ।

निर्मला सीतारमणले आन्ध्र प्रदेश वा तमिलनाडुबाट चुनाव लड्ने अनुमान गरिएको थियो । हाल उनी राज्यसभा सांसद छन् र उनको २०२८ सम्म कार्यकाल रहेको छ । निर्मला सीतारमण नरेन्द्र मोदीको दुवै कार्यकालमा मन्त्री भइन् र दुवै पटक राज्यसभा हुँदै संसदमा पुगेकी थिइन् ।

यसपटक भाजपाले राज्यसभा हुँदै संसदमा पुगेका आफ्ना मन्त्रीहरूसँग लोकसभा चुनाव लडाइरहेको छ । चुनाव लड्ने विषयमा सीतारमणले भनेकी थिइन्,‘मसँग चुनाव लड्ने पैसा छैन । मलाई अर्को समस्या छ । म आन्ध्र प्रदेश वा तमिलनाडुमा चुनाव जित्ने मापदण्ड पूरा गर्दिन । विशेष समुदाय, विशेष धर्मको समीकरण पनि छ । यस्तो अवस्थामा, मैले यी मापदण्डहरूमा फिट नहुने हुनाले लडदिन भनेँ । मेरो तर्कलाई पार्टीले स्वीकार गरेकोमा म आभारी छु ।’

निर्मला सीतारमणसँग दुई महत्त्वपूर्ण मन्त्रालयहरू छन् – वित्त र कर्पोरेट मामिला । निर्मला सीतारमण देशको पहिलो पूर्णकालिक महिला अर्थमन्त्री हुन् ।

यसअघि इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा केही समय अर्थ मन्त्रालय पनि थियो । मोदीको पहिलो कार्यकालमा निर्मला सीतारमण रक्षामन्त्री थिइन् । सक्रिय राजनीतिमा आउनुअघि निर्मला सीतारमण जेएनयूमा पढेर कर्पोरेट क्षेत्रमा काम गरिरहेकी थिइन् । त्यसपछि उनी श्रीमानसँग लण्डन पुगिन् र त्यहाँ बीबीसीमा आबद्ध भइन् । निर्मला सीतारमण सन् १९९० को दशकमा भारत फर्किएर अध्यापनको क्षेत्रमा लागिन् । पछि उनले हैदरावादमा प्रणव स्कूल स्थापना गरिन् ।

निर्मला सीतारमण सन् २००८ मा भाजपामा प्रवेश गरेकी थिइन्, जब उनलाई राष्ट्रिय कार्यकारिणीमा बोलाइयो र उनले भाषण दिएकी थिइन् । उनको भाषणको विषय सुरक्षा र आर्थिक विषयमा थियो । त्यसपछि वरिष्ठ नेताहरूको ध्यान उनीतिर गएको थियो ।

निर्मला सीतारमण अटल बिहारी वाजपेयीको सरकारमा राष्ट्रिय महिला आयोगमा मनोनीत भएकी थिइन् । सन् २००९ मा उनलाई भाजपाको राष्ट्रिय प्रवक्ता बनाइएको थियो । निर्मला सीतारमणलाई २०१४ मा बीजेपीले राज्यसभा सांसद बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह