2026-09-27 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यि हुन् विश्वकै १० सर्वाधिक धनाढ्य, विनोद चौधरी १७ सय ६४ औं स्थानमा

चैत २२, न्युयोर्क | फोर्ब्स पत्रिकाले यस वर्षको धनाढ्यहरूको सूची सार्वजनिक गरेको छ। फोर्ब्स धनाढ्यको ३८औं वार्षिक सूचीमा विश्वभरका  २ हजार ७ सय ८१ अर्बपति परेका छन्। सूचीमा अघिल्लो वर्षभन्दा १ सय ४१ जना नयाँ अर्बपति थपिएका हुन्। विश्वका अत्याधिक धनीहरू पहिलेभन्दा अझै धेरै धनी भएका छन्। उनीहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ। 

यस वर्षको सबैभन्दा धनाढ्य व्यक्ति बर्नार्ड अर्नाल्ट हुन्। उनी लगातार दोस्रो वर्षका लागि पहिलो स्थानमा परेका छन्। सेफोरा र लुइस भिट्टनलगायतका फेसन र सौन्दर्य प्रशाधनका ब्रान्डका साथै फ्रान्सेली लक्जरी सामानका उत्पादक अर्नाल्टको कुल सम्पत्ति २३३ बिलियन अमेरिकी डलर छ। 

सूचीको दोस्रो नम्बरमा अमेरिकी अर्बपति एलन मस्क परेका छन्। ५२ वर्षीय मस्कको विद्युतीय गाडी कम्पनी टेस्ला, रकेट निर्माण कम्पनी स्पेस एक्सलगायतका ६ वटा कम्पनी छन्। उनको कुल सम्पत्ति १९५ बिलियन अमेरिकी डलर छ। ६० वर्षीय जेफ बेजोस अर्बपतिको सूचीमा तेस्रो भएका छन्। अमेरिकी नागरिक बेजोस प्रविधिको क्षेत्रमा संलग्न छन्। उनको कुल सम्पत्ति १९४ बिलियन अमेरिकी डलर छ। बेजोसले ई–कमर्स कम्पनी एमाजोन सन् १९९४ मा स्थापना गरेका हुन्। 

फेसबुकका मालिक मार्क जुकरबर्ग १७७ बिलियन डलरसहित चौथो भएका छन्। ३९ वर्षीय जुकरबर्गले सन् २००४ मा फेसबुकको सुरुवात गरेका हुन्। 

प्रविधिको क्षेत्रका अर्का अर्बपति ल्यारी इलिसन फोर्ब्सको सूचीमा पाँचौं नम्बरमा परेका छन्। सफ्टवेयर कम्पनी ओर्‍याकल कर्पोरेसनका मालिक इलिसन ७९ वर्षका भए। यी अमेरिकी नागरिकको कुल सम्पत्ति १४१ बिलियन डलर छ। 

विश्वभरका छैटौं धनाढ्य वारेन बफेट बनेका छन्। ९३ वर्षीय बफेटको कुल सम्पत्ति १३३ बिलियन डलर छ। त्यसैगरी अमेरिकाका बिल गेट्स र स्टिभ बलमर क्रमशः सूचीमा सातौं र आठौं धनाढ्य भएका छन्। ६८ वर्षीय गेट्सको कुल सम्पत्ति १२८ बिलियन डलर छ भने सोही उमेरका बलमरको सम्पत्ति १२१ बिलियन डलर छ। 

भारतीय अर्बपति मुकेश अम्बानी सूचीको नवौं नम्बरमा पर्न सफल भएका छन्। रिलायन्स इन्टष्ट्रिजका मालिक अम्बानीको कुल सम्पत्ति ११६ बिलियन डलर छ। सूचीको दसौं नम्बरमा ल्यारी पेज परेका छन्। ५१ वर्षीय पेजको कुल सम्पत्ति ११४ बिलियन डलर छ। 

नेपालका एक मात्र अर्बपति विनोद चौधरी फोर्ब्सको सूचीमा १७६४ औं स्थानमा परेका छन्। उनको कुल सम्पत्ति १.८ बिलियन अमेरिकी डलर छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह