२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

श्रीमतीले दुर्ब्याबहार गरेको भन्दै हत्या, शवलाइ पारे २ सय टुक्रा

२०८०, २६ चैत्र सोमबार ०३:०२

चैत २६, लन्डन | बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् । 

श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस म्याटसनले यसलाई अस्वीकार गर्दै आए पनि शुक्रबार (गत ५ अप्रिल) अदालतमा उनले आफ्नो अपराध स्वीकार गरेका छन् । आरोपित मेटसनले २६ वर्षीया होली ब्राम्लीको हत्या गरेको घटनाले सिंगो बेलायतलाई स्तब्ध बनाएको जनाइएको छ ।

बीबीसीका अनुसार अभियुक्त निकोलस म्याटसनले आफ्नी श्रीमतीको यति निर्ममतापूर्वक हत्या किन गरे ? यसको ठोस कारण अहिलेसम्म फेला परेको छैन । अचम्मको र डरलाग्दो कुरा के छ भने आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या गरिसकेपछि निकोलसले उनका रिरका अंगहरु विस्थापित गर्नका लागि साथी जोसुवा ह्यान्ककको सहयोग पनि लिएका थिए जसका लागि उनले उनलाई ५० पाउण्ड दिएका थिए । उनले नै यो कुराका अदालत समक्ष खुलासा गरेका हुन् ।

आरोपित व्यक्ति मेटसनले मार्च महिनामा हत्या गरेका थिए । मृतक ब्राम्ली २७ मार्च २०२३ मा आफ्नो घर फर्किंदै गर्दा कैद गरिएको सिसिटिभी फुटेजमा हराइन्। यो हत्या गरेपछि आरोपितले केही सातादेखि मार्चमा भएको हत्याको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका थिए । यद्यपि मेटसनले कथित रूपमा प्रहरीहरूलाई भने कि ब्राम्ली मार्च १९ मा महिला सहायता समूहसँग गएकी थिइन ।

अदालतले अब सोमबार (मार्च ८) मा उनको सजायको फैसला सुनाउदैँछ ।

आरोपी निकोलसले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको अवशेष भान्साकोठामा राखेका थिए । अभियुक्तले उनलाई धारिलो चक्कुले प्रहार गरी शवलाई बाथरुममा टुक्रा पारेका थिए । परिवारका सदस्यबाट उजुरी आएपछि प्रहरीले ब्राम्लीको स्वास्थ्य अवस्थाबारे अनुसन्धान थालेको थियो ।

मार्च २४ २०२३ मा लिंकनशायर पुलिसले दम्पतीको घर निरीक्षण गरेको थियो। सो क्रममा प्रहरीले फ्ल्याटबाट एमोनिया र ब्लीच पाउडरको गन्ध पनि पाएपछि उनीहरुलाई शंका लागेको थियो । यसपछि बाथरुमको बाथटबमा रगतले लतपतिएको र भुइँमा कालो धब्बा देखिएको देखियो । जब यी दागहरू फोरेंसिक रूपमा जाँच गरियो, तिनीहरू ब्राम्लीको रगत भएको पाइयो।

घर हेर्दा भर्खरै मर्मत गरिएको जस्तो लागेको प्रहरीको भनाई छ । प्रहरी सोधपुछको क्रममा मेटसनले आफ्नी श्रीमतीको हातबाट घरेलु दुर्व्यवहारको सिकार भएको दाबी गरेका छन् । उनले आफ्नो हातमा चोटको निशान पनि देखाए। दुवैले सन् २०२१ मा विवाह गरे र  छुट्टिने तयारीमा थिए । त्यही बेला यो घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली