2026-09-27 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोटन, ११ हजार बढीलाइ अन्यत्र सारियो

बैशाख ७, जाकार्ता | इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । 

मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो। पहिलो विस्फोट मंगलबार राति भएको थियो भने बुधबार लगातार चारवटा विष्फोट भएको थियो । जसका कारण उक्त क्षेत्रको अवस्था नाजुक बनेको छ । ज्वालामुखी एजेन्सीले खतराको स्तरमा उच्च सतर्कता स्तर ४ मा बढाएको छ।

समाचार अनुसार  निषेधित क्षेत्रको आकार ४ बाट ६ किलोमिटरसम्म बढाइएको छ । रुआङका ८०० भन्दा बढी बासिन्दाहरूलाई पहिलो पटक राज्यको राजधानी मनाडोबाट १०० किलोमिटर टाढा टागुलान्डाङ टापुमा लगिएको छ । निषेधित क्षेत्र विस्तार भए पछि बिहीबार बिहान थप मानिसलाई विस्थापित गर्नुपरेको थियो । उक्त क्षेत्रका करिब ११ हजार ६१५ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रकोप तथ्याङ्क, सञ्चार तथा सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीले जानकारी दिए ।

अधिकारीहरूले डराउँछन् कि यस पटक ज्वालामुखीको एक भाग सन १८७१ विष्फोट जस्तै समुद्रमा खसेको छ। यसले इन्डोनेसियामा सुनामीको जोखिम बढाउन सक्छ र ज्वालामुखी अझै बढन सक्छ । 

मनाडोस्थित साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार साँझसम्म बन्द गरिएको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरपोर्टले दक्षिण कोरिया, चीन र सिंगापुरलगायत अन्य देशहरूमा सेवा दिन्छ। यसबाहेक, मलेसियाको कोटा किनाबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने उडानहरूमा अवरोधहरू भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह