2026-09-27 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी अदालत अगाडी एक व्यक्तिले आफैमाथि आगो लगाएपछि…

बैशाख ९, काठमाडौँ | अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

आगो लगाउने व्यक्तिको नाम म्याक्सवेल अजरेलो थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । न्युयोर्क प्रहरीका अनुसार उक्त व्यक्तिले आफूलाई किन आगो लगाएको भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

म्याक्सवेलले आगो लगाउनुअघि केही पर्चा हावामा फालेका थिए । ति पर्चामा राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प एकअर्कालाई भेट्दैछन् भन्ने लेखिएको थियो । उनीहरू दुवै अमेरिकामा फासीवाद ल्याएर हाम्रो प्रणालीलाई उखाल्न चाहेको उल्लेख थियो । 

म्याक्सवेलले आफूसँगै ज्वलनशील पदार्थ भएको क्यान ल्याएको र क्यानमा राखिएको ज्वलनशील पदार्थ आफैंमा छर्केर आगो लगाएको बताइएको छ । न्यूयोर्कका प्रहरी प्रमुख जेफ्री म्याड्रीका अनुसार उक्त व्यक्ति फ्लोरिडाका बासिन्दा थिए, जो एक साताअघि मात्रै न्यूयोर्क आएका थिए र उनको परिवारलाई समेत यसबारे जानकारी थिएन ।

उनको कुनै आपराधिक रेकर्ड नभएको प्रहरीले जनाएको छ । प्रहरीले पर्चा र क्यानमाथि अनुसन्धान गरिरहेको छ । उक्त व्यक्तिले आफूलाई आगो लगाउनुअघि केही नबोलेको प्रत्यक्षदर्शीले बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह