2026-10-23 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२८ कर्मचारी बर्खास्त गरेपछि गुगल प्रमुखको सन्देश- कार्यालयमा राजनीति नगर्नुस्

बैशाख ९, काठमाडौँ | टेक कम्पनी गुगलका सीईओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई राजनीतिलाई कार्यस्थलबाट टाढा राख्न आग्रह गरेका छन् । गुगलबाट २८ कर्मचारीलाई निकालेपछि कम्पनीका कर्मचारीका लागि लेखिएको ब्लग पोस्टमा सीईओले यस्तो बताएका हुन् ।

त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीतिमा नलाग्न निर्देशन दिएका छन् । ‘मिशन फर्स्ट’ शीर्षकको आफ्नो नोटमा पिचाईले भने- कम्पनीको नीति र अपेक्षाहरू स्पष्ट छन् । कार्यालयमा राजनीति गर्ने ठाउँ छैन ।

केही कर्मचारीहरूले गुगल र इजरायलबीच सम्झौता भएको १.२ बिलियन डलर बराबरको निम्बस परियोजनाको विरोध गरिरहेका थिए, जुन अमेजनसँगको संयुक्त परियोजना हो । यसमा इजरायली सरकार र सेनालाई क्लाउड सेवा उपलब्ध गराउने बताइएको छ ।

परियोजनाको विरोधमा गुगलको न्यूयोर्क, क्यालिफोर्निया र सन्नीभेल सहरमा एक घण्टा लामो धर्ना दिएपछि प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो । उनले आफूलाई परिसरबाट बाहिर निकालेर लाइभ स्ट्रिम गरेका थिए । यसपछि गुगलले २८ कर्मचारीलाई बर्खास्त गरेको थियो ।

पिचाईले कर्मचारीहरूलाई आफ्नो नोटमा भने, ‘गुगलको संस्कृति सधैं खुला संवादलाई बढावा दिने एक हो । यसले हामीलाई उत्कृष्ट उत्पादनहरू सिर्जना गर्न र राम्रो विचारहरूमा कार्य गर्न सक्षम बनाउँछ । दिमागमा राख्नु पर्ने एउटा कुरा के हो भने हामी कार्यालयमा काम गर्छौं र यहाँ केही नीति र अपेक्षाहरू स्पष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने