बैशाख १२, क्यार्लिफोनिया | हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, क्यार्लिफोनिया | हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । 

2026-09-27 01:03 PM
विश्व

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

बैशाख १२, क्यार्लिफोनिया | हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । 

एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटनालाई सम्झिन्, जब उनलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनिएको थियो । यो उनको लागि निकै स्तब्ध पार्ने घटना थियो। त्यतिबेला कलाकारसँग सम्बन्ध माग्नु सामान्य मानिन्थ्यो । तर, अडिसनका क्रममा यसो गर्नु भन्दा नराम्रोबाहेक अरु कुनै हुनै नसक्ने उनको विश्वास छ ।


हालै वी म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा अभिनेत्री एनी ह्याथवेले यो अनौठो अडिसनको उल्लेख गरेकी छिन् । अभिनेत्रीले भनिन्,  ‘यो सन् २००० को दशकको कुरा हो, जब यो मेरो साथमा भएको थियो । मलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनियो । मलाई भनियो कि आज १० जना आउँदैछन् र तपाईलाई छनोट गरिएको छ। के तपाईं ती सबै मानिसहरूसँग सम्बन्ध बनाउन तयार हुनुहुन्छ ?’

ओस्कार विजेता अभिनेत्री एनी ह्याथवेले अगाडी भनिन्,  ‘निर्देशकको यो माग सुनेर म छक्क परें । एक पलको लागी मलाई लाग्यो कि सायद मसँग केहि गलत छ, यसबारे म पटक्कै उत्साहित भइनँ । मलाई साह्रै नराम्रो लागेको थियो ।’

अभिनेत्रीले भनिन्, ‘मैले केही गर्न सकिनँ त्यसैले उत्साहित भएको नाटक गरें। मलाई चिनेपछि कसैले मलाई दुव्र्यवहार गर्न खोजेको थिएन वा मलाई चोट पुर्‍याएको थिएन तर त्यो समय थियो। यो सबै सामान्य कुरा थियो।’

एनी ह्याथवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा छिन् । यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निभाएकी छिन् । यसमा उनी एकल आमाको भूमिकामा छिन् । 

कथाको बारेमा कुरा गर्दा, फिल्ममा एनी ह्याथवे आफ्नी छोरीको मनपर्ने पप स्टार निकोलस ग्यालिट्जिनको प्रेममा पर्छिन्। वास्तवमा, निकोलस ग्यालिट्जिन भूमिकामा एनी ह्याथवे भन्दा धेरै कान्छी छन्। ‘द आइडिया अफ यु’ मे २ बाट प्राइम भिडियोमा स्ट्रिम हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह