2026-09-07 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस

बैशाख १३, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी गरेको छ । निर्वाचन आयोगले अप्रिल २९ गते बिहान ११ बजेसम्म दुवै दलसँग जवाफ मागेको हो ।

भाजपा र कांग्रेस दुबै पार्टीले एकअर्काका नेताहरूविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए र उनीहरूलाई धर्म, जात, सम्प्रदाय र भाषाको नाममा जनतामा घृणा फैलाउने र पृथकतावादलाई बढावा दिएको आरोप लगाएका थिए ।

आयोगले जनप्रतिनिधित्व ऐनको दफा ७७ को अधिकार प्रयोग गर्दै स्टार प्रचारकको आचरणमा पार्टी अध्यक्षलाई जिम्मेवार ठहर गर्दै दुवै दलका अध्यक्षलाई नोटिस जारी गरेको छ ।

प्रधानमन्त्री मोदीले केहि दिन अघि राजस्थानको एक र्‍यालीमा भनेका कांग्रेस सत्तामा आयो भने अल्पसंख्याकहरुलाई जनताको सम्पत्ति बाँड्ने बताएका थिए । यस मामिलामा कांग्रेसले निर्वाचन आयोगलाई मोदीको बयान विभाजनकारी र द्वेषपूर्ण र यो आचारसंहिताको स्पष्ट उल्लङ्घन भएको अपील गरेको थियो । 

भाजपाले अप्रिल २२ मा कांग्रेस नेता राहुल गान्धीविरुद्ध निर्वाचन आयोगमा उजुरी पनि दायर गरेको थियो । भाजपाले गान्धीले देशमा गरिबी बढाउने झूटा वाचा गरिरहेको बताएको थियो । भाजपाले राहुल गान्धीले भाषा र क्षेत्रका आधारमा देशमा विभाजन र चुनावी वातावरण बिगार्ने प्रयास गरेको आरोप लगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ