2026-09-27 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अभिनेता साहिल खान पक्राउ

बैशाख १६, नयाँ दिल्ली । मुम्बई प्रहरीले फिल्म अभिनेता साहिल खानलाई पक्राउ गरेको छ । छत्तीसगढको चर्चित अनलाइन सटटा एप महादेवको मामिलामा बस्तरबाट उनलाई पक्राउ गरेको हो ।  साहिल खानमाथि अनलाइन बेटिंग एपको वेबसाइट चलाएको र यसको प्रचार–प्रसार गरेको आरोप छ ।

बस्तर प्रहरीले यसको पुष्टि गरेको छ । पुलिसका अनुसार साहिल खानले यस मामिलामा मुम्बई हाई कोर्टमा अग्रिम जमानत याचिका दायर गरेका थिए । तर अदालतले जमानत याचिका खारेज गरिदिएपछि साहिल बस्तरको जिल्ला सदरमुकाम जगदलपुरमा लुकेर बसेका थिए ।

पक्राउ परेपछि साहिल खानलाई छत्तीसगढबाट मुम्बई ल्याइएको छ । ‘मलाई भारतीय न्याय प्रणालीमा पूर्ण विश्वास छ ।’ समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै साहिल खानले भनेका छन् ।  गतहप्ता मुम्बई पुलिसले यस मामिलामा अभिनेता सञ्जय दत्त र तमन्ना भाटियालाई पनि समन जारी गरेको थियो ।

भारत सरकारको प्रबर्तन निर्देशालय अर्थात ईडीले यो एपमाथि छानबिन गरिरहेको छ । यो एपको मूल्य कयौं हजार करोड रुपैयाँ भएको बताइएको छ । गत वर्ष दुबईमा भएको बिहेमा यस एपका मालिक सौरभ चन्द्राकारले २ सय करोड रुपैयाँ खर्च गरेको खबर आएपछि महादेव एप पहिलोपटक चर्चामा आएको थियो ।

गत वर्ष अगस्टमा ईडीले छत्तीसगढ पुलिस सहायक उपनिरीक्षक चन्द्रभूषण बर्मा, सतीश चन्द्राकार, हवाला अपरेटर अनिल दममानी र सुनील दममानीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन अन्तर्गत पक्राउ गरेको थियो । 

कोलकाता, भोपाल, मुम्बईसहित ३९ शहरमा छापा मारेर ४१७ करोडको नगद, सम्पत्ति र अन्य प्रमाणहरू जफत गरेको सेप्टेम्बर १५ मा जारी एक बयानमा ईडीले भनेको थियो । मुम्बई फिल्म उद्योगका धेरै कलाकारहरूले महादेव सट्टा एपको प्रवद्र्धन गरेको, यसले आयोजना गरेको कार्यक्रममा सहभागी भएको र कयौं अनलाइन एपमा हिस्सेदार रहेको खबर आएपछि मुम्बई प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह