2026-09-27 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

बैसाख २०, काठमाडौँ । साउदी अरब महिला अधिकारको दमनका लागि परिचित छ । पछिल्ला वर्षहरूमा महिलाका लागि धेरै सुधारहरू भएका छन्। अझै पनि यो देश धेरै हदसम्म पछाडि छ । पछिल्लो समय एक २९ वर्षीया फिटनेस प्रशिक्षकलाई उनको कपडा र उनले सोशल मिडियामा पोस्ट गरेको कारण ११ वर्षको जेल सजाय सुनाइएको छ ।

यसको विरोधमा मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले साउदी अरबलाई उक्त महिलालाई सजायबाट मुक्त गर्न आग्रह गरेका छन् । मानाहेल अल-ओतैबीलाई जनवरीमा सजाय सुनाइएको थियो ।

यसैबीच साउदी अरेबियाले भने संयुक्त राष्ट्र मानव अधिकार कार्यालयलाई आफ्नो औपचारिक प्रतिक्रियामा अल-ओतैबीलाई सामाजिक सञ्जाल पोस्टको लागि सजाय दिइएको अस्वीकार गरेको छ । यसले उसलाई आतंकवादी अपराधको लागि दोषी ठहराएको र  उसको विचार र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास वा उसको सामाजिक सञ्जाल पोस्टहरूसँग कुनै सरोकार नभएको बताएको छ ।

संयुक्त राष्ट्र संघले फिटनेस प्रशिक्षकलाई दोष दिएकोमा साउदी अरेबियाको आलोचना गरेको बताइएको छ ।

एम्नेस्टीका अनुसार अल-ओतैबीकी बहिनी फौजियामाथि पनि यस्तै आरोप छ, तर २०२२ मा सोधपुछका लागि बोलाएपछि उनी साउदी अरेबियाबाट भागेकी थिइन् । एम्नेस्टी अभियानकर्ताहरुले हालैका वर्षहरूमा साउदीको योजनाबद्ध महिला अधिकार सुधारहरूको खोक्रोपनलाई उजागर गरेको प्रतिक्रिया दिएका छन् ।

साउदी अरब एक कट्टर इस्लामिक देश हो, जुन पहिले वहाबी विचारधाराको सबैभन्दा ठूलो समर्थक थियो। तर सन् २०१७ मा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले महिलाको हैसियतमा परिवर्तन ल्याउने वाचा गरेका छन् र कैयौं क्षेत्रमा सुधार पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह