2026-09-27 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दक्षिणी ब्राजिलमा भिषण बर्षा, ५८ जनाको मृत्यु

बैशाख २३,  काठमाडौँ । ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन् ।

यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ । साथै ६७ जना बेपत्ता रहेको बताइएको छ । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे सहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । रियो ग्रान्डे डो सुलमा आएको हावाहुरीका कारण तीन सय नगरपालिका प्रभावित भएका छन् ।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा वर्षाका कारण बाँध भत्किने खतरा छ । शहरबाट बग्ने गुआबा नदी ५.०४ मिटरको रेकर्ड उचाइमा छ, जुन १९४१ पछि सबैभन्दा उच्च हो। उद्धारकर्मीहरूलाई मानिसहरूको उद्धार गर्न समस्या भइरहेको छ । पानीको बहावका कारण सडकहरु भत्किएका छन् भने पुलहरु बगेका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार उद्धारकर्मीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने प्रयास गरिरहेका छन् । पोर्टो एलेग्रे एयरपोर्टले शुक्रबार मे ३ मा अनिश्चितकालका लागि उडानहरू स्थगित गर्यो। मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा भारी वर्षा हुने चेतावनी दिएको छ ।

अविरल वर्षाका कारण सहरका ३ भन्दा बढी जलविद्युत बन्द भएका छन् । जसका कारण सहरमा पिउने पानीको अभाव छ । ५ लाख जनताले पिउने पानी पाएका छैनन् । रियो ग्रान्डे डो सुल गभर्नर एडुआर्डो लेइटले भने, उनको राज्यलाई प्रकोप पछि पुनर्निर्माण गर्न ठूलो लगानीको ‘मार्शल योजना’ चाहिन्छ । हामीले आजसम्म यस्तो अवस्था देखेका छैनौं। यो देशको सबैभन्दा खराब अवस्था हो ।

पोर्टो एलेग्रे सहरका मेयर सेबास्टियो मालोले शनिबार सहरको अर्को नदी ग्राभाताई खतराको चिन्हभन्दा माथि बढेपछि बाढी प्रभावित क्षेत्रहरू खाली गर्न मानिसहरूलाई सल्लाह दिए। उनले जनतालाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

ब्राजिलका राष्ट्रपति ब्राजिलले बाढी प्रभावित क्षेत्रको भ्रमण गरी केन्द्र सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बाढी र वर्षाका लागि जलवायु परिवर्तनलाई पनि दोष दिएका छन् । ब्राजिलको मौसम विभागले पनि वर्षाको तीव्रताको लागि एल निनो जिम्मेवार रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह