2026-09-27 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२९ वर्षीया युवतीले यसकारण रोजिन् इच्छामृत्यु, यहि महिना मृत्यु हुनसक्ने

एजेन्सी – एम्सटरड्याम । नेदरल्याण्ड्समा लामो समयदेखि मानसिक तनावबाट पीडित बनेकी एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ । ती युवतीको नाम जोरया टेर बेक हो ।

उनी जर्मनीको सिमाना नजिकै नेदरल्याण्डमा बस्दै आएकी छिन् । उनले साढे तीन वर्षदेखि नेदरल्याण्ड प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गरेकी थिइन् । द गार्डियनका अनुसार यो महिना उनको मृत्यु हुनसक्छ ।

जोरया धेरै वर्षदेखि अटिजम र असहनीय मानसिक समस्यासँग संघर्ष गरिरहेकी छन् । अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पुर्‍याउँछ । उसलाई आत्महत्या गर्ने सोच आइरहन्छ । जोरयाले अब आफ्नो समस्याको समाधान नभएको महसुस गर्दै इच्छामृत्युको माग गरेकी थिइन् । तर, उनी शारीरिक रूपमा पूर्ण रूपमा फिट छिन् । यस्तो अवस्थामा उनको इच्छामृत्युको स्वीकृतिमा प्रश्न भने उठिरहेको छ । मानसिक रोगबाट ग्रसित मानिसहरुले इच्छामृत्युलाई अपनाउने गरेको बताउँछन् । जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार थिइन् ।

जोरयाले द गार्डियनलाई बताए अनुसार उनको समस्या बाल्यकालबाट सुरु भएको थियो । उनी क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट पीडित हुन थालिन् । यसबाहेक उनलाई अटिजमको समस्या पनि थियो । यसैमा उनी आफैँलाई दुःखी बनाउन थालिन् ।

जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) को ३० भन्दा बढी उपचार गराइन् । यसमा बिरामीलाई विद्युतीय झट्का दिइन्छ । तर उनको स्वास्थ्यमा कुनै सुधार नआएको जोरयाले बताएकी छन् ।

१० वर्षसम्म विभिन्न तरिकाले उपचार गराएपछि निराश भएर अन्ततः स्वस्थ जीवन जिउने आशा त्यागेको जोरयाले बताइन् । त्यसपछि उनले इच्छामृत्युका लागि आवेदन दिएकी थिइन् । उनले इच्छामृत्यु प्राप्त गर्न त्यति सजिलो नभएको बताइन् ।  

इच्छामृत्युलाई वैधानिकता दिने पहिलो राष्ट्र नेदरल्याण्ड्स हो । त्यहाँ सन् २००१ मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो । नेदरल्याण्डमा, इच्छामृत्युको लागि स्वीकृति पाएपछि, डाक्टरहरूले सामान्यतया अन्तिम मिनेटको प्रक्रिया सम्बन्धित व्यक्तिको घरमा गर्छन् । यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको मृत्यु हुन्छ ।

विशेष कुरा यो हो कि यो मामिला मृत्युपछि पनि छानबिन हुन्छ । चिकित्सकको तर्फबाट अलिकति पनि लापरबाही गरेको पाइएमा १२ वर्षसम्म कैद हुनसक्छ । सन् २०२२ मा नेदरल्याण्डमा यस कानुनी विधिबाट कुल ८ हजार ५ सय १ जनाले इच्छामृत्यु रोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह