2026-09-07 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

जेठ ७, काठमाडौँ । साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानसँग भेटवार्ता गरेका छन् । सो क्रममा दुई देशबीच सुरक्षा सम्झौता र नागरिक आणविक सम्झौताबारे छलफल भएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सम्झौता अन्तर्गत अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउनेछ । गत वर्ष अमेरिकाले इजरायल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध सुरु गर्न ब्याकडोर वार्ता गरिरहेको थियो ।

यस अवधिमा उनले इजरायललाई मान्यता दिने बदलामा साउदीलाई नेटो स्तरको सुरक्षा उपलब्ध गराउने प्रस्ताव राखेका थिए । यस वर्षको मे महिनाको सुरुमा एउटा रिपोर्ट बाहिर आएको थियो जसमा अमेरिका र साउदी अरेबिया सुरक्षा र आणविक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न निकै नजिक रहेको बताइएको थियो ।

यूएस एटोमिक एनर्जी एक्ट १९५४ अन्तर्गत अमेरिकाले केही सर्तहरूमा अन्य देशहरूलाई आणविक सहायता उपलब्ध गराउन सक्छ। यसका लागि यी देशहरूले ९ शर्त पूरा गर्नुपर्नेछ । यसमा आणविक हतियार बनाउन आणविक प्रविधिको प्रयोग नगर्ने र अन्य कुनै पनि देशसँग गुप्तचर जानकारी आदान प्रदान नगर्ने समावेश छ।

साउदी विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश हो। तर, साउदी युवराजले देशको अर्थतन्त्रको तेलमा निर्भरता घटाउन चाहेका छन् । यसका लागि उनले ‘भिजन २०३०’ योजना पनि बनाएका छन् ।

यस योजनाका लागि साउदी नवीकरणीय ऊर्जा उत्पादन गरेर उत्सर्जन घटाउन चाहन्छ। यो लक्ष्य हासिल गर्न परमाणु ऊर्जा महत्त्वपूर्ण साबित हुनेछ। यसबाहेक साउदीले धेरै पटक इरानले आणविक बम बनायो भने त्यसो गर्न आफैं पछि नलाग्ने बताएको छ।

साउदी अमेरिकाको सहयोगमा परमाणु प्रविधिमा महारत हासिल गर्न चाहन्छ । यसमार्फत अमेरिकाको विरोधका बाबजुद आवश्यक परे परमाणु हतियार बनाउन सक्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बाइडेन प्रशासन साउदी अरेबियासँग सम्झौता गरेर इजरायललाई मान्यता दिन चाहन्छ। साउदी र इजरायलबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएपछि मध्यपूर्वका अन्य धेरै देशहरूले पनि इजरायललाई मान्यता दिन सक्छन्। यसले अमेरिकालाई इरानविरुद्ध ठूलो गठबन्धन बनाउन मद्दत गर्नेछ।

अर्कोतर्फ चीनसँगको वर्चस्वको लडाइँमा मध्यपूर्वमा अमेरिकाको पकड बलियो हुनेछ । साथै अमेरिकाले साउदीमा आणविक उर्जा केन्द्र निर्माण गर्न त्यहाँ आफ्नो उद्योग स्थापना गर्न सक्नेछ । योसँगै यो विश्व व्यापारको हिसाबले रुस र चीनको आणविक कम्पनीभन्दा एक कदम अगाडि बढ्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ