2026-09-27 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वकपअघि बर्खास्तीमा परे दासानायके

जेठ ११, काठमाडौँ | आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअघि क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई हटाएको छ । क्यानडा क्रिकेट संघमा नयाँ नेतृत्व र प्रशिक्षकको विषयलाई लिएर विवाद भएपछि दासानायकेलाई बखास्त गरेको एजेन्सीले जनाएको छ । क्रिकेट क्यानडाका उपाध्यक्ष गुर्दिप क्लेयरले प्रमुख प्रशिक्षक हटाइएको जानकारी गराएका छन् । विश्वकप सुरु हुन डेढ साता बाँकी रहँदा प्रमुख प्रशिक्षक बर्खास्तपछि पनि नयाँ जिम्मेवारीबारे केही निर्णय भएको छैन । 

गत महिना क्यानडाको क्रिकेट संघको निर्वाचन भएको थियो । नयाँ नेतृत्वले पुराना सदस्यलाई विस्थापित गरेको थियो । संघका उपाध्यक्ष गुर्दिपले आवश्यक प्रक्रियाअनुसारै प्रशिक्षक हटाइएको जनाएका छन् । संघले खडा गरेको तीन सदस्यीय छनोट कमिटी र दासानायकेबीच सम्बन्ध राम्रो छैन । संघले दासानायकेलाई हटाउनुको कारण स्पष्ट पारेको छैन । 

दोस्रोपटकको कार्यकालमा दासानायकेले क्यानडालाई पहिलोपटक टी–२० विश्वकपमा छनोट गराएका थिए । २०११ मा उनी प्रशिक्षक र कप्तानी रहँदा क्यानडाले पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो । २०२२ जुलाईदेखि दासानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पद सम्हालेका थिए । उनी श्रीलंका र क्यानडाका पूर्वखेलाडीसमेत हुन् । क्यानडाको क्रिकेट इतिहासमा उनी सफल प्रशिक्षकका रूपमा चिनिन्छन् । २०२३ मा उनकै प्रशिक्षकमा क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेको थियो । विश्वकपअन्तर्गत क्वालिफायर प्ले अफमा स्थान पक्का गरेपछि क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेको हो ।

नेपाललाई पनि विश्वकप पुर्‍याए

दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दुईपटक सम्हाले । उनी २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक हँुदा नेपाल पहिलोपटक २०१४ मा टी–२० विश्वकपमा छनोट भएको थियो । उनको दोस्रोपटकको कार्यकाल त्यति लामो भएन । २०२१ देखि २०२२ सम्म उनले नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसवेला संघ र खेलाडीबीचको आन्तरिक कलहका कारण उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह