२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गठबन्धन सरकार चलाउन सक्छन् मोदी ?

२०८१, २३ जेष्ठ बुधबार ०६:१४

जेठ २३, काठमाडौँ । भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ ।

भाजपाले यस निर्वाचनमा २४० सिट मात्र जितेपछि अब सरकार बनाउन अन्य दलमा भर पर्नुपर्ने भएको हो । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट जितेपनि भाजपा सहयोगी दल भरपर्दो नभएको भन्दै भारतमा राजनीतिक अस्थिरता हुने आशंका गरिएको छ ।

भाजपा सरकारमा रहन अब विहारका नितिश कुमार र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडूको साथ अनिवार्य भएको छ । राजनीतिक इतिहासमा दुवै अस्थिर मानिने भएकाले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल सहज नहुने विश्लेषण हुन थालेको छ ।

त्यस्तै यस अघिका दुई निर्वाचनमा कमजोर रहेको विपक्षी दल यस पटक २३४ सिट जितेर सशक्त विपक्षी र तालमेल मिलेमा सरकार गठन गर्न समेत गर्नसक्ने अवस्थामा रहेको छ । यस निर्वाचनले नरेन्द्र मोदीलाई कमजोर बनाएको देखिएको छ । यस अघि भाजपाले २०१४ मा २८२ र २०१९ मा ३०३ सिट जितेर आफ्नै बहुमतको सरकार चलाएका मोदी अब गठबन्धन दललाई हरेक दिन खुशी राखेर सरकार चलाउनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् । 

जेडीयूका अध्यक्ष र बिहारका मुख्यमन्त्री नितिश कुमार, जो इण्डिया गठबन्धनका निर्माता मध्ये के थिए, उनी गत जनवरीमा मात्र पक्ष परिवर्तन गरेर एनडीएमा सामेल भए । बिहारमा एनडीएसँग सरकार बनाए र यो गठबन्धनसँग लोकसभा चुनाव पनि लडे ।

उनको दलले विहारमा अपेक्षित भन्दा राम्रो प्रदर्शन गर्यो र १२ सिट जित्यो । 

त्यस्तै आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टीले १६ सिट जितेको छ । आम चुनावको साथसाथै, यहाँ विधानसभा चुनाव पनि भयो, जसमा नायडूको दलले १७५ मध्ये १३५ सिट जितेर अत्याधिक बहुमत हासिल गरेको छ ।

यसमा चाखलाग्दो कुरा के छ भने नितिश कुमार र चन्द्रबाबु नायडू दुवैले केही समयअघिसम्म केन्द्रको मोदी सरकारविरुद्ध मोर्चा खोलेका थिए र त्यही भएर अहिले एनडीए गठबन्धनमा उनीहरूको हैसियत निकै महत्त्वपूर्ण भएको छ ।

मोदी र बीजेपीले अब यी पुराना सहयोगीहरूसँग सरकार बनाउनको लागि समन्वय गर्नुपर्नेछ ।

मोदीका चुनौती

पछिल्लो मतपरिणामपछि यी दुई नेताले सत्ता समीकरणमा किंगमेकरको भूमिका निर्वाह गरेका छन् । नितीश कुमार र चन्द्रबाबु नायडूको बैसाखी बिना यो सरकार चल्न सक्दैन र दुवैको शत प्रतिशत भरोसा गर्न सकिने अवस्था समेत रहेको छैन । 

दुवैजना पुराना र अनुभवी राजनीतिज्ञ हुन्, साथै विशेष किसिमको राजनीतिक सोच भएका छन् र यो शक्तिको समीकरणमा उनीहरूले ठुलो भूमिका खोज्ने छन् र आफूले चाहेको गर्न खोज्ने छन् ।

मोदीका अगाडी सबैभन्दा ठुलो चुनौती दश वर्षको कार्यकालमा प्रधानमन्त्री र गृहमन्त्री स्वयम् बाहेक सत्तामा कसैको सहभागिता थिएन, अब सत्तामा सहभागिता बढाउनु पर्ने र अरुको कुरा नसुनेमा सत्ताबाट बाहिरिनु पर्ने अवस्था आउने देखिएको छ । 

मोदी गठबन्धनको सरकार चलाउन अनुभवी नेता होइनन् । २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री भइसके, उनले सबै बहुमतको सरकार चलाए । अब अचानक समन्वय र सहमतिको राजनीति गर्ने बाटोमा अगाडी बढेका छन् । अब यो सरकारको दिगोपन उसले यो नयाँ भूमिकालाई कत्तिको राम्रोसँग ग्रहण गर्छ भन्नेमा नै भर पर्ने भारतीय राजनीतिक विश्लेषक बताउछन् । 

यस अघि अटल विहारी पाजपेयीले सन् १९९९ मा एनडीए गठबन्धनमा २४ दल सामेल गरेर पाँच वर्ष सरकार चलाएका थिए ।

नितिश र चन्द्रबाबु यस अघि मोदी विरोधी रहेकाले अहिले तत्कालका लागि एनडीएको सरकार बनेपनि निकट भविष्यमा इन्डिया गठबन्धनको सरकार बन्ने विश्लेषण भैरहेको छ । यसका लागि एउटा तर्क मोदीको उमेर पनि हो । मोदी अहिले ७४ बर्षका भए र अर्को बर्ष ७५ बर्ष पुग्दै छन् । भाजपामा ७५ बर्षको उमेर हदबन्दी लगाइएको छ । यदि यो मोदीको हकमा लागु भयो भने उनी अर्को बर्ष सरकारको नेतृत्वबाट हट्ने छन् । मोदी हटेसँगै गठबन्धन टुट्ने विश्लेषण पनि भइरहेको छ । 

यसैबीच विपक्षी दलहरुले पनि सरकार बनाउन प्रयास गर्ने संकेत गरेका छन् । उनीहरुले मोदीको राजनीतिक हार भएको उल्लेख गर्दै सरकारमा बस्ने हक नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ