2026-09-06 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चन्द्रमा-मंगल मिशनका लागि निर्मित अहिलेसम्मकै शक्तिशाली स्टारशिपको चौथो परीक्षण सफल

जेठ २६, काठमाडौँ । चन्द्रमा-मंगल मिशनका लागि निर्मित विश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल भएको छ । टेक्सासबाट लन्च गरिएको यस स्टारशिपलाई अन्तरिक्षमा लिएर यसलाई पृथ्वीमा फिर्ता ल्याइयो र हिन्द महासागरमा सफल अवतरण गराइएको थियो ।

यस पटकको परीक्षणको मुख्य लक्ष्य पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारशिप बाँच्न सक्छ कि सक्दैन भनेर हेर्नु थियो । स्टारशिप बनाउने कम्पनी स्पेसएक्सले सोसल मिडिया प्लेटफर्म एक्समा पानीमा सफल ल्यान्डिङ भएको जानकारी दिएको थियो । यो परीक्षण पछि, कम्पनीका मालिक एलन मस्कले धेरै प्रयासपछि स्टारशिपले समुद्रमा सामान्य अवतरण गर्नु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

मस्कको कम्पनी स्पेसएक्सले यो रकेट बनाएको हो । स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी बूस्टरहरूलाई सामूहिक रूपमा ‘स्टारशिप’ भनिन्छ । यसको उचाइ ३ सय ९७ फिट रहेको छ । यो पूर्ण रूपमा पुन: प्रयोग योग्य रहेको  छ र १५० मेट्रिक टन लोड बोक्न सक्षम छ । स्टारशिप प्रणालीलाई मंगल ग्रहमा एकै पटक १०० जनालाई लैजान सक्ने गरि बनाइएको छ ।

यो स्टारसिपको चौथो परीक्षण हो । यस अघि गरिएका तीन परिक्षण विभिन्न कारणले असफल भएका थिए । यसको परिक्षण १ घण्टा ५ मिनेट ४८ सेकेन्ड सम्म गरिएको थियो ।

यस परीक्षणमा, स्टारशिपलाई अन्तरिक्षमा लगियो, त्यसपछि पृथ्वीमा ल्याइयो र पानीमा अवतरण गरियो । यो पुन: प्रयोगयोग्य यातायात प्रणाली हो । स्टारसिपमा ६ र्याप्टर इन्जिन छन् भने सुपर हेभीमा ३३ र्याप्टर इन्जिन छन् ।

यो प्रक्षेपण महत्त्वपूर्ण छ किनभने यो स्पेसशिपले मात्र मानिसलाई अन्तरग्रहीय बनाउनेछ । अर्थात् यसको सहयोगमा पहिलो पटक पृथ्वीबाहेक अन्य ग्रहमा मानवले पाइला टेक्नेछ । मस्कले सन् २०२९ सम्ममा मंगल ग्रहमा मानिस पठाउन र त्यहाँ उपनिवेश स्थापना गर्ने महत्वकांक्षी योजना अन्तर्गत यो परिक्षण गरिरहेका छन् । अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनासम्म पुर्‍याउन पनि सक्षम हुनेछ ।

मंगल ग्रहमा उपनिवेश स्थापना गर्नुपर्ने आवश्यकताबारे मस्क भन्छन्- ‘पृथ्वीमा जीवन समाप्त हुने घटनाले मानवताको अन्त्य निम्त्याउन सक्छ, तर यदि हामीले मंगल ग्रहमा आफ्नो आधार बनायौं भने मानवता त्यहाँ बाँच्न सक्छ ।’ 

लाखौं वर्ष पहिले डायनासोरको पनि जीवन समाप्त हुने घटनाका कारण पृथ्वीमा मृत्यु भएको थियो । यसैबीच, प्रोफेसर स्टीफन हकिङले पनि २०१७ मा भनेका थिए कि यदि मानिस बाँच्न चाहन्छ भने १०० वर्षभित्र विस्तार गर्नुपर्नेछ ।

यो मिसन सफल हुनको लागि यो पनि महत्त्वपूर्ण छ किनभने स्टारशिप स्पेसक्राफ्ट नासाको आर्टेमिस कार्यक्रमको हिस्सा हो । यसबाट मानिस ५ दशकपछि चन्द्रमामा फर्किनेछन् । स्टारशिपले चन्द्रमाको मिशनको अन्तिम चरण पूरा गर्नेछ । अन्तरिक्ष यानमार्फत अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको कक्षमा लैजाने र चन्द्रमामा पनि अवतरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ