2026-10-23 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलको युद्ध क्याबिनेटका मन्त्री गान्ट्जको राजीनामा

जेठ २८, काठमाडौँ । इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले देशको आपतकालीन सरकारबाट राजीनामा दिएका छन् ।

यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ ।  गान्ट्जले आइतवार तेल अवीभमा पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन् । उनले यो निर्णय ‘भारी मनका साथ’ लिएको बताए । 

“दुर्भाग्यवश, नेतन्याहुले हामीलाई वर्तमान संकट अन्त्य गर्न आवश्यक पर्ने साँचो विजय हासिल गर्नबाट रोकिरहेका छन्,” गान्ट्जले भने । आगामी चुनावमा नेतान्याहुको सम्भावित प्रतिद्वन्द्वी मानिने गान्ट्जले नेतान्याहुलाई देशमा चुनावको मिति तय गर्न आह्वान गरे । 

राजीनामा दिएपछि नेतान्याहुले ट्वीटरमा लेखेका छन्, ‘बेनी, यो अभियान छोड्ने समय होइन, सेनामा भर्ना हुने समय हो । इजरायली विपक्षी नेता यायर लिपिडले गान्ट्जलाई सोशल मिडियामा समर्थन गरे, उनको निर्णयलाई ‘आवश्यक र सही’ भने । 

गान्ट्जको राजीनामाको लगत्तै, अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गभिरले युद्ध मन्त्रिपरिषद्मा स्थानको माग गरे । 

बेन-गवीर दक्षिणपन्थी गठबन्धनको हिस्सा हुन् । गठबन्धनले अमेरिकी राष्ट्रपति जो बाइडेनको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेमा सरकार छोड्ने र सरकार ढाल्ने धम्की दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने