2026-09-27 10:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर

जेठ ३०, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटै आरोपमा दोषी ठहर गरिएको छ ।

१२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाएका छन् ।

जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय हुन सक्छ । तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन ।

एक सातासम्म चलेको यस मुद्दामा प्रत्यक्षदर्शीहरूको बयान सुनेपछि निर्णायकले ५४ वर्षीय हन्टर बाइडेनको लागुऔषधको लतबारे पनि छलफल गरेको थियो ।

हन्टर विरुद्ध झुटा बयान दिएको र अवैध थुनामा राखेको एउटा अभियोग लगाइए पनि उनले अपराध स्वीकार भने गरेका छैनन् ।

उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यस उच्चस्तरीय सुनुवाइमा दोषी ठहर गरिएको हो । मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी र हन्टर बाइडेनकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित भएकी थिइन् ।

त्यस्तै हन्टर बाइडेन लागूपदार्थको प्रभावमा रहेको बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका छन् । अब यो मुद्दामा उनलाई जेल पनि जानुपर्ने हुनसक्छ ।

उनी दोषी ठहर भएका तीनवटा आरोपमा अधिकतम तीस वर्षको सजाय हुनसक्ने व्यवस्था छ, तर विज्ञहरूले बाइडेनलाई जेल पठाएमा उनलाई छोटो अवधिको लागि पठाइने विश्वास गरिएको छ ।

अमेरिकामा बन्दुक किन्दा झूटो बयान दिएमा दश वर्षसम्म जेल सजाय हुन सक्छ । त्यसैगरी लागुऔषध दुर्व्यसनी भएको व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्मको सजाय हुने व्यवस्था छ ।

बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ । यदि हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने, उसले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्ने बताइएको छ ।

हन्टर बिडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए ।

अमेरिकामा बन्दुक किन्न लागुऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ । हन्टर बाइडेनलाई उनले बन्दुक किन्दा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह