2026-10-23 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

केट मिडलटनले भनिन्- क्यान्सरको उपचार जारी छ, स्वास्थ्य सुधार हुदैछ

असार २, काठमाडौँ । बेलायतको शाही परिवारकी प्रिन्सेस अफ वेल्स केट मिडलटनले आफ्नो क्यान्सर उपचारको बारेमा अपडेट दिएकी छिन् । मिडलटनले आफू केमोथेरापी लिइरहेको र स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा खतरामुक्त नभएको जानकारी गराएकी छन् । साथै उनले उपचारका क्रममा राम्रा र नराम्रा दिनहरू देखिरहेको बताएकी छन् ।

केट मिडलटनले मार्चमा एउटा भिडियो जारी गर्दै आफू क्यान्सरका कारण केमोथेरापी लिइरहेको बताएकी थिइन् । केट गत डिसेम्बरदेखि सार्वजनिक रूपमा देखा परेकी थिइनन् । 

केटले भनेकी छन्, ‘मानिसको सन्देशबाट मलाई साहस मिलेको छ । पछिल्ला केही महिनामा मानिसहरूले मलाई समर्थन गर्दै सन्देश पठाएका छन् । यी सन्देशहरूले विलियम र मलाई धेरै साहस दिएको छ । मेरो अवस्था सुधार हुँदैछ, तर केमोथेरापीबाट गुज्रिएका जो कोहीलाई थाहा छ, केमोथेरापीका राम्रा र नराम्रा दिनहरू हुन्छन् । खराब दिनहरूमा तपाईं कमजोर र थकित महसुस गर्नुहुन्छ र तपाईंले आफ्नो शरीरलाई आराम गर्न आवश्यक छ । तर राम्रो दिनहरूमा तपाईं बलियो महसुस गर्नुहुन्छ र तपाईं यस समयलाई सकेसम्म बाँच्न चाहनुहुन्छ ।’

मिडलटनले गत मार्च २२ मा उनको क्यान्सरको बारेमा जानकारी दिँदै एक भिडियो सन्देश जारी गरेकी थिइन् । केटको पेटको शल्यक्रिया जनवरी २०२४ मा भएको थियो । उनी दुई साता अस्पतालमै बसकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । जसका कारण उनको स्वास्थ्यमा धेरै प्रश्न उठ्न थालेको थियो ।

जनवरीमा राजा चार्ल्सलाई पनि क्यान्सर भएको खबर बाहिर आएको थियो । उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । त्यतिबेला उनको शरीरमा अन्य रोगको लक्षण देखा परेको थियो । यसपछि बकिङ्घम प्यालेसले ती लक्षणहरूको अनुसन्धानले एक प्रकारको क्यान्सर भएको पुष्टि गरेको बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने