2026-09-27 05:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आइफोनका कारण आफ्नो सम्बन्ध विच्छेद भएको भन्दै एप्पलविरुद्ध मुद्दा, ५० लाख पाउन्ड क्षतिपूर्ति माग

असार ४, काठमाडौँ । आफ्नो व्यक्तिगत गोपनियता भंग भएको भन्दै  बेलायतका एक व्यापारीले एप्पलमाथि मुद्दा हालेका छन्। आइफोनबाट डिलिट गरिसकेको च्याट श्रीमतीले पढेर सम्बन्ध विच्छेद मागेपछि ती पुरुषले कम्पनीमाथि मुद्दा दायर गरेका हुन् । 

खबरका अनुसार पतिले कल गर्ललाई पठाएका केही म्यासेज डिलिट गरेका थिए । आइफोनमा उनले म्यासेज डिलिट गरेपनि एप्पलको अर्को उपकरणमा उनकी श्रीमतीले म्यासेज पढिन् अनि आपसी सम्बन्धमा कलह सुरु भएर कुरा सम्बन्ध विच्छेदसम्मै पुग्यो ।

खबरका अनुसार ती पुरुषले आइफोनबाट कल गर्ललाई म्यासेज पठाएका थिए । उनले म्यासेजहरू डिलिट पनि गरिदिएका थिए । तर आईम्याकबाट भने ती म्यासेज हटेको थिएन । त्यसलाई प्रमाणको रूपमा देखाएर महिलाले सम्बन्ध विच्छेदको निवेदन दिइन् । एप्पलका कारण आफूहरूको सम्बन्ध विच्छेद भएको भन्दै श्रीमानले सारा दोष कम्पनीलाई लगाएका छन् ।

 दुईवटा डिभाइसमा एउटै एप्पल आइडी लगइन भएमा एउटा डिभाइसबाट डिलिट भएका म्यासेज वा सामग्री अर्काे डिभाइसमा हट्दैन भनेर एप्पलले कहिल्यै नभनेको ती पुरुषको भनाइ छ ।

एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई फेमिली शेयरिङ फिचर दिएको छ । यस फिचरमा घरमा रहेका ५ वटा आईफोन वा एप्पल डिभाइसमा लगइन गर्न एउटै एप्पल आइडी प्रयोग गर्न सकिन्छ । एउटै लगइन आईडी भएका सबै उपकरणमा म्यासेजदेखि फोटोसम्म सबै कन्टेन्ट सिंक हुन्छ । तर एउटा उपकरणमा डिलिट गरेको म्यासेज वा फोटो अर्कोबाट हट्दैन ।

५० लाख पाउन्ड क्षतिपूर्ति माग

एउटा डिभाइसमा डिलिट गरेको म्यासेज अरूमा हट्दैन भनेर जानकारी दिनबाट कम्पनी चुकेको भन्दै ती पुरुषले ५० लाख पाउन्ड (करिब ८४ करोड ८९ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति माग्दै कम्पनीमाथि मुद्दा हालेका छन् । एप्पलको गल्तीका कारण आफ्नो घर बिग्रिएको र श्रीमतीलाई ५० लाख पाउन्ड गुजारा भत्ता दिनु परेको उनको तर्क छ ।

 कम्पनीको एउटा गल्तीका कारण आफू पीडादायक स्थितिबाट गुज्रिनु परेको उनको भनाइ छ । श्रीमतीले डिलिट भइसकेको म्यासेज नपढेको भए आफ्नो घर व्यवहार जोगिन सक्ने तर्क उनको छ । डिलिट भइसकेको म्यासेजको मेकानिक्सबारे एप्पलले यूजरहरूलाई स्पष्ट रुपमा नबताएको ती पुरुषको वकिलको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह