२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायली सैनिकको ज्यादति- घाइते प्यालेस्टाइनीलाई गाडीको अगाडी बाँधियो

९ असार २०८१, आईतवार ०७:४६

असार ९, काठमाडौँ । इजरायली सैनिकहरूले वेस्ट बैंकको जेनिनमा छापा मार्दा एक घाइते प्यालेस्टिनीलाई आफ्नो गाडीको हुटमा अगाडि बाँधेको दृश्य अहिले भाइरल भएको छ । इजरायली सेना वेस्ट बैंकको वादी बुर्किन क्षेत्रमा केही प्यालेस्टाइनीहरूलाई पक्रन गएको थियो ।

टाइम्स अफ इजरायलका अनुसार कारवाहीका क्रममा सेना र प्यालेस्टिनीबीच गोली हानाहान भएको थियो । यस क्रममा एक जना प्यालेस्टाइनी घाइते भएका थिए । यसपछि सैनिकहरूले घाइते प्यालेस्टिनीलाई क्षेत्रबाट बाहिर निकाले । उनीहरुले जिपको अगाडि बाँधे । तर, पछि उनलाई संयुक्त राष्ट्रको रेड क्रिसेन्ट टोलीलाई सुम्पियो ।

बीबीसीका अनुसार प्यालेस्टिनीको नाम मुजाहिद आजमी थियो । इजरायली रक्षा बलले यस कुराको पुष्टि गर्दै अनुसन्धानको आदेश दिएको छ । भिडियोमा देखिएका कुराआदेशविपरीत भएको बताउदै इजरायली रक्षा बलले यसको छानबिन गर्ने र दोषीलाई कारवाही गर्ने बताएको छ ।

घाइते प्यालेस्टिनीका परिवारले इजरायली सेनासँग एम्बुलेन्स मागेको बताएका छन् । तर उनीहरूले प्यालेस्टिनीलाई जिपको बोनेटमा बाँधेर त्यहाँबाट भागे । यसअघि शनिबार केही बन्दुकधारीले वेस्ट बैंकको कल्किल्या क्षेत्रमा एक इजरायली नागरिकको हत्या गरेका थिए । त्यसपछि उनको गाडीमा आगजनी गरिएको थियो । यो कुरा बाहिर आएपछि ठूलो संख्यामा इजरायली सैनिक त्यहाँ पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते