2026-09-27 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार हुँदा १५ जनाको मृत्यु

असार १०, काठमाडौँ। रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा अत्याधुनिक हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोलीबारी दागिस्तानको डर्बेन्ट शहरमा भएको रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ  ।

बन्दुकधारीहरूको आक्रमणमा प्रहरीसहित कम्तिमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलले जवाफी कारबाहीमा चार आतंककारीलाई मारेको छ । आक्रमणमा २० जनाभन्दा बढी घाइते भएका छन् ।

गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। अहिले मृत्यु हुनेको संख्या १५ पुगेको छ । राति प्रारम्भिक रिपोर्टहरू अनुसार, रूसी सुरक्षा बलहरूले आक्रमणकारीहरू विरुद्ध जवाफी कारबाहीमा धेरै आक्रमणकारीहरूलाई मारेका थिए ।

हमलापछि यहुदी धर्मस्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठूला ठूला आगोको मुस्लो निस्किएको थियो । शुरुमा यस घटनालाई आतंकवादी घटना बताइएको भएपनि यस  बारेमा थप जानकारी प्राप्त भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह