2026-09-27 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुदा १६ जना कामदारको मृत्यु

असार १०, काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा सोमबार बिहान आगलागी भएको हो । स्थानीय टेलिभिजन फुटेजले आगो निभाउने प्रयास गर्दा पनि कारखानामा सानो विष्फोट भएको देखाइएको छ । सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो ।

दक्षिण कोरिया लिथियम ब्याट्रीको ठूलो आपूर्तिकर्ता हो र यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधन र ल्यापटपमा प्रयोग गरिन्छ । ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले यस दुर्घटनामा हालसम्म १६ जना कामदारको मृत्यु भएको र सात जना घाइते भएको बताएका छन् । उद्धारकर्मीहरूले घटनास्थलको खोजी गरेपछि शवहरू निकालेका थिए | स्थानीय एक अग्नि नियन्त्रण अधिकारी किम जिन-योङले भने .घटनामा अधिकांश चिनियाँसहित विदेशी नागरिक रहेका छन् |

यस कारखानाको दोस्रो तल्लामा करिब ३५ हजार ब्याट्री राखेर अन्य ठाउँमा पठाउनका लागि ती ब्याट्रीहरू प्याक गरिएको थियो ।

ब्याट्रीमा कसरी आगो लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । ब्याट्रीमा आगो लाग्दा कारखानामा करिब एक सय कर्मचारी काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह