२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राष्ट्रपति बहसमा बाइडेन-ट्रम्प आमने सामने

१४ असार २०८१, शुक्रबार ०३:२४

असार १४, काठमाडौँ । अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ ।

यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो । चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन् ।

सिएनएनले आयोजना गरेको यो टिभी बहस ९० मिनेटसम्म चलेको थियो । बहसको अन्त्यमा कसले व्यक्तव्य दिने भन्ने बारे टस गरिएको थियो र सो टस डोनाल्ड ट्रम्पले जितेका थिए ।

बहस अघि बाइडेन र ट्रम्पले हात मिलाउन अस्वीकार गरेका थिए भने बाइडेनले ट्रम्पलाई कस्तो छ भनेर सोधेको प्रश्नको जवाफ ट्रम्पले दिएका थिएनन् ।

बहस बिभिन्न मुद्धामा भएको थियो । जसमा अवैध आप्रवासी, एबर्सन, इजरायल- हमास युद्ध, रुस युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महंगी, बेरोजगारी र जलवायु परिवर्तन जस्ता मुद्धामा बहस भएको थियो ।

बहसका क्रममा राष्ट्रपति बाइडेनको स्वास्थ्य ठिक नरहेको प्रष्ट देख्न सकिन्थ्यो । उनले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो ।

बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका थिए भने ट्रम्पले बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्र्पति भएको बताएका थिए ।      

यो बहस सीएनएनका एन्कर जेक ट्यापर र डाना बासले संचालन गरेका थिए । बहसका लागि केहि नियम बनाइएको थियो । मुख्य प्रश्नको जवाफ दिन दुवैलाई २-२ मिनेटको समय दिइएको थियो भने आरोपहरुको प्रतिवाद गर्न एक एक मिनेटको समय दिइएको थियो । एक उम्मेदवार बोल्दा अर्को उम्मेदवारको माइक अफ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो