२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दिल्लीको इन्दिरा गान्धी विमानस्थलको टर्मिनल १ को छत खस्दा ६ जना घाइते

२०८१, १४ असार शुक्रबार ०५:४५

असार १४, काठमाडौँ । शुक्रबार बिहानै परेको मुसलधारे वर्षाका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छात खसेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । 


छत सवारीसाधन र ट्याक्सीमाथि खस्दा केही मानिस दबेका थिए । घटनाबारे दिल्ली फायर डिपार्टमेन्टलाई जानकारी दिइएको थियो । फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए । छतको सिटबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।

आफूले स्थितिको व्यक्तिगत रूपमा निगरानी गरिरहेको र घाइतेहरूलाई अस्पताल पठाइएको नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै भनेका छन् । दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भने, ‘बिहानैदेखि परेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विंगको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो । केही मानिस घाइते भएको खबर आएको छ । सबै घाइतेहरूलाई आकस्मिक सेवा मार्फत जरुरी सहयोग र मेडिकल सेवा उपलब्ध गराइँदैछ ।’

यस घटनापछि टर्मिनल १ बाट सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र सुरक्षाका कारण चेक इन काउन्टरहरू बन्द गरिएको छ । दिल्लीमा भारी वर्षापछि दिल्ली–एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसम विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा