२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अनन्त-राधिकाको विवाहको निमन्त्रणा कार्डको चर्चा

१५ असार २०८१, शनिबार ०७:३३

असार १५, काठमाडौं । भारतीय उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह बन्धनमा बाँधिदैछन् । मुम्बईमा हुने यो भव्य समारोहमा परम्परा र भव्यताको मिश्रण देखिनेछ ।

विवाहको तयारीका बीचमा यो जोडीको विवाहको कार्ड सार्वजनिक भएको छ । भीभीआइपीलाई दिएको निमन्त्रणा पत्रमा चाँदीको मन्दिर छ । भित्र ४ वटा सुनको मुर्ति छ । दोस्रो निमन्त्रणा पत्र सुनौलो बक्समा छ । यसमा मन्दिरलाई सानो आकारमा बाकस भित्र राखिएको छ । यो पनि ईश्वरीय विषयवस्तुमा आधारित छ ।


सानो अलमारी खोल्दा चाँदीको मन्दिर देखिन्छ । यस मन्दिरमा गणपति, राधा-कृष्ण र देवी दुर्गाको मूर्तिहरू छन् ।

हातले लेखिएको पत्र, बक्स खोल्ने बित्तिकै विष्णु मन्त्र प्रतिध्वनित हुन्छ । सुन्दर ढंगले कढ़ाई गरिएको विवाह बक्सको माथि भगवान विष्णुको चित्र छ ।

कार्डमा बनाइएको बाकस खोल्ने बित्तिकै विष्णु मन्त्र गुञ्जन थाल्छ । रातो रङको निमन्त्रणा बाकस खोल्दा चाँदीको सानो मन्दिर देखिन्छ । यसमा गणपति, राधा-कृष्ण र देवी दुर्गाको सुनको मूर्ति छ। एउटा थैलीमा पश्मिना सल, अर्कोमा रुमाल छ । दोस्रो निमन्त्रणा कार्डमा, पहिलो एउटा सानो खाममा नीता अम्बानीको हातले लेखिएको पत्र हो । यसमा उनले आफ्नो भावना व्यक्त गर्दै निमन्त्रणा दिएकी छिन् । यस पत्रको विभिन्न पृष्ठहरूमा विभिन्न अनुष्ठानहरूको बारेमा जानकारी छ । 

माथिल्लो भागमा वैकुण्ठ धामको दृश्य देखिन्छ । एउटा थैलीमा कश्मीरका कलाकारहरूले बनाएको पश्मिना सल छ । अर्को थैली खोल्दा अनन्त-राधिकाको आद्याक्षरले भरिएको रुमाल छ । 

अन्त्यमा ऋग्वेदको एउटा श्लोक लेखिएको छ ।

अनन्त र राधिकाले यसअघि मार्चको सुरु र मेको अन्त्यमा प्रि-वेडिङ समारोह मनाएका थिए । अब जुलाई १२ गते शुभ विवाह, जुलाई १३ मा शुभ आशीर्वाद र जुलाई १४ मा स्वागत समारोह हुनेछ । यी तीन कार्यक्रम मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै