२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुससँगको युद्ध अन्त्यका लागि ठूलो योजना बनाउदै युक्रेन

१६ असार २०८१, आईतवार ०६:२०

असार १६, काठमाडौँ । युक्रेनले हालै रुसी कैदबाट आफ्ना १० जनालाई फिर्ता ल्याउन सफल भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार कैदीहरूलाई रिहा गर्ने बारे जानकारी दिए । यसैबीच उनले रुससँगको युद्ध अन्त्यका लागि ठूलो योजना तयार गरिरहेको बताए । उनको यो योजनालाई विश्वका अधिकांश देशले सहयोग गर्ने विश्वास छ ।

युक्रेनी राष्ट्रपतिले शुक्रबार स्लोभेनियाली राष्ट्रपति नताशा पिर्क मुसेरसँग मिलेर किभमा भएको पत्रकार सम्मेलनमा भने, 'विश्वका अधिकांश देशहरूले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना प्रस्तुत गर्नु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । उनले थप भने, ‘यो कूटनीतिक बाटो हो जसमा हामीले काम गरिरहेका छौं ।' उनले युक्रेन र रुसबीच हाल कुनै वार्ता नभएको पनि जानकारी दिए ।


जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रुसबीच हाल कुनै पनि वार्ता चलिरहेको छैन र सम्भावित शान्ति सम्झौताका सर्तहरूका सम्बन्धमा दुवै पक्षहरू पहिलेको जस्तै असहमतिमा छन् ।

युक्रेनले बारम्बार रसियाले शान्ति वार्ता सुरु हुनु अघि अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्र, जसमा क्रिमिया प्रायद्वीप समावेश छ र आफ्ना सेना फिर्ता गर्नुपर्नेछ । यो २०१४ मा मस्कोद्वारा कब्जा गरिएको थियो । यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई आफ्नो पूर्वी र दक्षिणी क्षेत्रहरू खाली गरेर आत्मसमर्पण गर्न आग्रह गरिरहेका छन्, जुन अहिले रुसको कब्जामा छ ।

यसअघि जेलेन्स्कीले एक पोस्टमा भनेका थिए, हामीले रुसी कैदबाट हाम्रा थप १० जनालाई फिर्ता ल्याउन सफल भयौं । यद्यपि, जेलेन्स्कीले युक्रेनमा राखिएका रुसी बन्दीहरूलाई रिहाइ गर्ने सम्झौताको हिस्सा हो वा होइन भन्ने कुरा भनेनन् । जेलेन्स्कीले रिहा भएका मध्ये केही सन् २०१७ देखि जेलमा रहेको बताए । पूर्वी युक्रेनको रुस नियन्त्रित भागबाट यी व्यक्तिलाई पक्राउ गरिएको हो । रुसले २०१४ देखि क्रिमियन प्रायद्वीपसँगै चार युक्रेनी क्षेत्रहरू- डोनेस्क, खेरसन, लुगान्स्क र जापोरिझिया कब्जा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर