2026-10-23 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुससँगको युद्ध अन्त्यका लागि ठूलो योजना बनाउदै युक्रेन

असार १६, काठमाडौँ । युक्रेनले हालै रुसी कैदबाट आफ्ना १० जनालाई फिर्ता ल्याउन सफल भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार कैदीहरूलाई रिहा गर्ने बारे जानकारी दिए । यसैबीच उनले रुससँगको युद्ध अन्त्यका लागि ठूलो योजना तयार गरिरहेको बताए । उनको यो योजनालाई विश्वका अधिकांश देशले सहयोग गर्ने विश्वास छ ।

युक्रेनी राष्ट्रपतिले शुक्रबार स्लोभेनियाली राष्ट्रपति नताशा पिर्क मुसेरसँग मिलेर किभमा भएको पत्रकार सम्मेलनमा भने, ‘विश्वका अधिकांश देशहरूले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना प्रस्तुत गर्नु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । उनले थप भने, ‘यो कूटनीतिक बाटो हो जसमा हामीले काम गरिरहेका छौं ।’ उनले युक्रेन र रुसबीच हाल कुनै वार्ता नभएको पनि जानकारी दिए ।

जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रुसबीच हाल कुनै पनि वार्ता चलिरहेको छैन र सम्भावित शान्ति सम्झौताका सर्तहरूका सम्बन्धमा दुवै पक्षहरू पहिलेको जस्तै असहमतिमा छन् ।

युक्रेनले बारम्बार रसियाले शान्ति वार्ता सुरु हुनु अघि अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्र, जसमा क्रिमिया प्रायद्वीप समावेश छ र आफ्ना सेना फिर्ता गर्नुपर्नेछ । यो २०१४ मा मस्कोद्वारा कब्जा गरिएको थियो । यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई आफ्नो पूर्वी र दक्षिणी क्षेत्रहरू खाली गरेर आत्मसमर्पण गर्न आग्रह गरिरहेका छन्, जुन अहिले रुसको कब्जामा छ ।

यसअघि जेलेन्स्कीले एक पोस्टमा भनेका थिए, हामीले रुसी कैदबाट हाम्रा थप १० जनालाई फिर्ता ल्याउन सफल भयौं । यद्यपि, जेलेन्स्कीले युक्रेनमा राखिएका रुसी बन्दीहरूलाई रिहाइ गर्ने सम्झौताको हिस्सा हो वा होइन भन्ने कुरा भनेनन् । जेलेन्स्कीले रिहा भएका मध्ये केही सन् २०१७ देखि जेलमा रहेको बताए । पूर्वी युक्रेनको रुस नियन्त्रित भागबाट यी व्यक्तिलाई पक्राउ गरिएको हो । रुसले २०१४ देखि क्रिमियन प्रायद्वीपसँगै चार युक्रेनी क्षेत्रहरू- डोनेस्क, खेरसन, लुगान्स्क र जापोरिझिया कब्जा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने