२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फ्रान्सको पेरिसमा विमान दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु

२०८१, १७ असार सोमबार ०७:२०

असार १७, काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ । त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिश मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय समय अनुसार अपराह्न ४ बजे भएको हो । मृत्यु हुनेमा एक महिला पनि छन् । 

प्रहरीका अनुसार यो घटना राष्ट्रिय राजमार्ग ए ४ मा भएको थियो र विमान दुर्घटना हुनुभन्दा आधा घण्टा अगाडि उडेको थियो । विमानको मोडल सेस्ना १७२ हो । जेटको माथिल्लो भाग पावर केबलमा ठोक्कियो, जुन उच्च भोल्टेजको विद्युतीय केबल थियो । त्यसपछि विमानमा आगो लागेको थियो । 

राजमार्ग दुवैतर्फबाट बन्द भएको र उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य गरेको प्रहरीले जनाएको छ । विमान उडाउने पाइलटले गत वर्ष मात्रै लाइसेन्स पाएका थिए । पाइलटसँग सय घण्टा जेट उडानको अनुभव थियो । 

अधिकारीहरूले राष्ट्रिय राजमार्गमा जेट उडेको बारेमा प्रश्न उठाएका थिए। उड्डयन मन्त्रालयले यस विषयमा अनुसन्धान थालेको छ ।  ए ४ राष्ट्रिय राजमार्गमा यो वर्ष अहिलेसम्म दुईवटा निजी विमान दुर्घटनामा परेको स्थानीयले बताएका छन् । यसअघि पनि स्थानीय अधिकारीले यहाँबाट विमान उड्ने विषयमा प्रश्न उठाएका थिए ।

बिदाको दिन भएकाले राजमार्गमा सवारीसाधनको चाप बढी रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा