2026-09-27 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फ्रान्समा अप्रत्याशित नतिजा, वामपन्थी गठबन्धन बन्यो ठुलो दल

असार २४, काठमाडौँ । फ्रान्सको संसदीय निर्वाचनको प्रारम्भिक परिणामले आश्चर्यजनक नतिजा दिने सम्भावना देखिएको छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्‍याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ ।

वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच भएको रणनीतिक सहमतिका कारण यो सम्भव भएको हो ।

एक साताअघि पहिलो चरणमा चरम दक्षिणपन्थी नेशनल र्‍याली (आरएन) पार्टीले अग्रता लिए पनि अहिले दोस्रो चरणमा न्यू पपुलर फ्रन्ट (एनएफपी) सबैभन्दा बढी मत ल्याउदै अगाडी रहेको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनको केन्द्रवादी पार्टी एन्सेम्बल एलायन्स दोस्रो स्थानमा आउने अनुमान गरिएको छ । तर, कुनै पनि गठबन्धनले आफ्नै बलमा बहुमत ल्याउन सक्ने अवस्था छैन ।

अबको प्रधानमन्त्री को हुन् भन्ने स्पष्ट भइसकेको छैन तर म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेर्बियल अट्टलले राजीनामा दिने बताएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार ५७७ सदस्यीय फ्रान्सको तल्लो सदनमा बामपन्थी गठबन्धनले १८२ सिट जितेको छ भने राष्ट्रपति म्याक्रोनको गठबन्धन एन्सेम्बल एलायन्सले १६८ सिट जितेको छ । त्यस्तै नेशनल र्‍यालीले १४३ सिट जितेको फ्रान्सका मिडियाले उल्लेख गरेका छन् ।

यस सम्भावित ठूलो अप्ठ्यारोको कारण धेरै वामपन्थी र केन्द्रवादी उम्मेदवारहरूले अति दक्षिणपन्थी राष्ट्रिय र्‍यालीको विरुद्धमा मतदाताहरूबीच विभाजन हुन नदिन चुनावी दौडबाट पछि हटेका थिए ।

फ्रान्स अनबाउड पार्टीका नेता जीन-लुक मेलेनचोनले एनएफपीको सम्भावित विजयलाई अति दक्षिणपन्थीहरू विरुद्धको जीत र म्याक्रोनको एजेन्डाको हार भनेका छन् ।

मध्य पेरिसको प्यालेस डे ला रिपब्लिकमा वामपन्थी समर्थकहरूले विजय र्‍याली गरिरहेका छन्।

नेशनल र्‍यालीका नेता जोर्डन बर्डेलाले ‘बेइमानहरूको गठबन्धन’ ले आफ्नो पार्टीलाई सत्ताबाट धकेलेको र फ्रान्सलाई कट्टरपन्थी वामपन्थीको हातमा राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह