२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विराट कोहलीको पबविरुद्ध एफआईआर दर्ता

२५ असार २०८१, मंगलवार ०८:४७

असार २५,  बैंगलुरु । बैंगलुरुस्थित विराट कोहलीको पबमा राति अबेरसम्म चर्को स्वरमा संगीत बजाएको भन्दै एफआईआर दर्ता भएको छ । विराटको वान८ कम्युन पब एमजी रोडमा अवस्थित छ।

शनिबार (जुलाई ६) को राति कब्बन पार्क प्रहरी चौकीको टोली गस्तीमा निस्किएको डीजीपी सेन्ट्रलले बताए । बिहान १:३० बजेसम्म वान८ खुला रहेको भेटियो । 


पबका व्यवस्थापकले गलत किसिमको पब चलाउँदै आएका थिए । बेंगलुरुमा पबहरू बिहान १ बजेसम्म मात्र खोल्न अनुमति दिइन्छ। त्यसैले पबविरुद्ध कारबाही गरियो। वान८ बाहेक ३–४ अन्य पब विरुद्ध पनि मुद्दा दर्ता भएको छ । 

विराट कोहलीको वान८ कम्युनको दिल्ली, मुम्बई, पुणे र कोलकातामा पनि शाखाहरू छन्। बैंगलुरु शाखा डिसेम्बर २०२३ मा खोलिएको थियो । यो  रत्नम कम्प्लेक्सको छैटौँ तलामा अवस्थित छ। 

विराटले एक अन्तर्वार्तामा बैंगलुरु उनको मनपर्ने सहर हो र त्यसैले उनले शाखाको लागि बैंगलुरु रोजेको बताएका थिए । गत वर्ष वान८ को मुम्बई शाखा विवादमा परेको थियो । तमिलनाडुका एक व्यक्तिले आफूलाई धोती लगाएको कारण पबमा प्रवेश दिन अस्वीकार गरेको आरोप लगाएका थिए । एक्स पोस्टमा उनले पब व्यवस्थापनको यस्तो व्यवहारबाट आफू निकै दुखी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर