२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

२०८१, २६ असार बुधबार ०८:१३

असार २६, काठमाडौँ । मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् ।

केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी छन् । यो जितपछि केन्जाले अन्तर्वार्तामा मानिसजस्तै भावनाहरू महसुस गर्न सक्दिन तर आफु यसबाट निकै उत्साहित रहेको बताएकी थिइन् ।


इन्स्टाग्राममा उनका एक लाख ९० हजार भन्दा बढी फलोअर्स छन् र उनले खाना, संस्कृति, फेसन, सौन्दर्य र यात्रासँग सम्बन्धित पोष्ट गर्ने गर्छिन् । 'मेरो प्रयास मोरक्कोको समृद्ध सम्पदालाई प्रदर्शन गर्ने हो, जसले संस्कृति र प्रविधिको अद्वितीय मिश्रणलाई प्रतिबिम्बित गर्दछ,' केन्जा ल्यालीले जितपछि भनिन् ।

एआई मोडेल केन्जा लाइल आफ्ना फ्यानहरूसँग सात फरक भाषामा जोडिन २४/७ उपलब्ध छिन् । केन्जा भन्छिन्, मेरो लक्ष्य महिला सशक्तिकरण, वातावरण संरक्षण र एआई बारे सकारात्मक जागरूकता फैलाउन मेरो ख्याति प्रयोग गर्नु हो ।

केन्जालाई एआई उपकरण प्रयोग गरेर बनाइएको हो, जसले मानव क्षमताहरूलाई पूरक बनाउन डिजाइन गरिएको हो, तिनीहरूलाई प्रतिस्थापन गर्न होइन । उनले आफ्नो उद्देश्य डर हटाउन तथा मानव र एआई बीच स्वीकृति र सहयोग प्रवर्द्धन गर्नु रहेको बताएकी छन् । उनले मोरक्कोका लागि यो अवार्ड जित्न पाउँदा निकै गर्व लागेको पनि बताइन् । 

फिनिक्स एआईका सीईओ बेसाले मोरक्कोलाई गर्वका साथ प्रतिनिधित्व गर्ने अवसर भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा