२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२४ वर्षीय युवकलाई डेढ महिनाभित्र सातौँ पटक सर्पले डस्यो

२८ असार २०८१, शुक्रबार १०:२१

असार २८, काठमाडौँ । भारतको उत्तर प्रदेशको फतेहपुरका २४ वर्षीय विकास द्विवेदीलाई डेढ महिनाभित्र सातौँ पटक सर्पले डसेको छ  । भारतीय सञ्चारमाध्यमका अनुसार ३४ दिनभित्र उनलाई ६ पटक सर्पले डसेको थियो ।

बिहीबार सातौँ पटक उनलाई सर्पले डसेको हो । अहिले उनको अवस्था गम्भीर रहेको जनाइएको छ । उनलाई एक निजी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


विकासका अनुसार तेस्रो पटक सर्पले डसेपछि उनले सपनामा सर्पलाई देखेका थिए । आफूलाई छैटौँ पटक डसेपछि मात्र उनले आफूलाई सपनामा सर्पले भनेको कुरा सार्वजनिक गरेका थिए ।

आफूलाई सपनामा सर्पले नवौँ पटकसम्म डस्ने चेतावनी दिएको उनको भनाइ थियो । ८ पटकसम्म डस्दा बाँच्ने तर नवौँ पटक डसेपछि कुनै पनि हालतमा नबाँच्ने चेतावनी आफूलाई सर्पले दिएको उनले बताएका थिए ।

बिहीबार उनलाई सातौँ पटक सर्पले डसेको हो । यसबिचमा उनले सर्पको डसाइबाट जोगिनका लागि आफ्नो घर छोडेर कहिले सानीआमाको घर, कहिले काकाको घरमा बस्ने गरेका थिए । तर सानीआमाको घरमा जाँदा होस् या काकाको घरमा जाँदासमेत उनी सर्पबाट जोगिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर