२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मिडियाको अगाडी बाइडेनले फेरी गरे गल्ति, आफ्नै उपराष्ट्रपतिलाई भने ट्रम्प

२८ असार २०८१, शुक्रबार १२:३६

असार २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार एक पत्रकार सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ‘उपराष्ट्रपति ट्रम्प’ भनेका छन् । राष्ट्रपति जो बाइडेनको फिटनेस देखाउने प्रयासमा यो विशेष पत्रकार सम्मेलन आयोजना गरिएको थियो, जसमा बाइडेनले पत्रकारहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।

तर प्रेस सम्मेलन समाप्त भएपछि, बाइडेनले तीन थप डेमोक्रेटिक नेताहरू, क्यालिफोर्नियाका कांग्रेस सदस्य स्कट पिटर्स, इलिनोइसका एरिक सोरेन र वाशिंगटनका मेरी ग्लुसेनक्याम्प पेरेजको समर्थन गुमाएका छन् । एक घन्टासम्म चलेको यो पत्रकार सम्मेलनमा बाइडेनले कमला ह्यारिस र ट्रम्पको नाममा भएको गल्तीलाई पनि महसुस गर्न सकेनन् ।


यसअघि एक कार्यक्रममा उनले युक्रेनी नेता जेलेन्स्कीलाई ‘राष्ट्रपति पुटिन’ भनेका थिए । तर, पछि उनले हाँसेर यो गल्ती सच्याए ।

बाइडेनले पत्रकारहरूलाई उनी यस चुनावी दौडमा रहन 'संकल्पित' रहेको बताउदै प्रतिद्वन्द्वी ट्रम्पलाई फेरि हराउने बताए । पहिलो राष्ट्रपतिको बहसमा आफ्नो खराब प्रदर्शनको बारेमा, बाइडेनले आफ्नो व्यस्त तालिकालाई उद्धृत गर्दै त्यो विगत भइसकेको र र अब पहिले भन्दा धेरै तयार रहेको बताएका थिए ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा दौडमा रहेका राष्ट्रपति बाइडेनको स्वास्थ्यलाई लिएर डेमोक्र्याट सदस्यहरुमा चिन्ता बढ्दै गएको छ । यस पत्रकार सम्मेलनपछि डेमोक्र्याट नेता स्कट पिटर्सले ८१ वर्षीय बाइडेनलाई आफ्नो उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

यसअघि पुर्व सभामुख न्यान्सी पेलोसी, डेमोक्र्याट फन्डरेजर र चर्चित हलिउड अभिनेता जर्ज क्लुनीले बाइडेनको स्वास्थ्यबारे प्रश्न उठाएका थिए।

यस बाहेक भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्शले वाशिंगटन पोस्ट अखबारमा लेख लेखेर बाइडेनलाई 'देशको हितमा उम्मेदवारी त्याग्न' अपील गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर