२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मिडियाको अगाडी बाइडेनले फेरी गरे गल्ति, आफ्नै उपराष्ट्रपतिलाई भने ट्रम्प

२०८१, २८ असार शुक्रबार १२:३६

असार २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार एक पत्रकार सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ‘उपराष्ट्रपति ट्रम्प’ भनेका छन् । राष्ट्रपति जो बाइडेनको फिटनेस देखाउने प्रयासमा यो विशेष पत्रकार सम्मेलन आयोजना गरिएको थियो, जसमा बाइडेनले पत्रकारहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।

तर प्रेस सम्मेलन समाप्त भएपछि, बाइडेनले तीन थप डेमोक्रेटिक नेताहरू, क्यालिफोर्नियाका कांग्रेस सदस्य स्कट पिटर्स, इलिनोइसका एरिक सोरेन र वाशिंगटनका मेरी ग्लुसेनक्याम्प पेरेजको समर्थन गुमाएका छन् । एक घन्टासम्म चलेको यो पत्रकार सम्मेलनमा बाइडेनले कमला ह्यारिस र ट्रम्पको नाममा भएको गल्तीलाई पनि महसुस गर्न सकेनन् ।


यसअघि एक कार्यक्रममा उनले युक्रेनी नेता जेलेन्स्कीलाई ‘राष्ट्रपति पुटिन’ भनेका थिए । तर, पछि उनले हाँसेर यो गल्ती सच्याए ।

बाइडेनले पत्रकारहरूलाई उनी यस चुनावी दौडमा रहन 'संकल्पित' रहेको बताउदै प्रतिद्वन्द्वी ट्रम्पलाई फेरि हराउने बताए । पहिलो राष्ट्रपतिको बहसमा आफ्नो खराब प्रदर्शनको बारेमा, बाइडेनले आफ्नो व्यस्त तालिकालाई उद्धृत गर्दै त्यो विगत भइसकेको र र अब पहिले भन्दा धेरै तयार रहेको बताएका थिए ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा दौडमा रहेका राष्ट्रपति बाइडेनको स्वास्थ्यलाई लिएर डेमोक्र्याट सदस्यहरुमा चिन्ता बढ्दै गएको छ । यस पत्रकार सम्मेलनपछि डेमोक्र्याट नेता स्कट पिटर्सले ८१ वर्षीय बाइडेनलाई आफ्नो उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

यसअघि पुर्व सभामुख न्यान्सी पेलोसी, डेमोक्र्याट फन्डरेजर र चर्चित हलिउड अभिनेता जर्ज क्लुनीले बाइडेनको स्वास्थ्यबारे प्रश्न उठाएका थिए।

यस बाहेक भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्शले वाशिंगटन पोस्ट अखबारमा लेख लेखेर बाइडेनलाई 'देशको हितमा उम्मेदवारी त्याग्न' अपील गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा