2026-09-27 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मिडियाको अगाडी बाइडेनले फेरी गरे गल्ति, आफ्नै उपराष्ट्रपतिलाई भने ट्रम्प

असार २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार एक पत्रकार सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ‘उपराष्ट्रपति ट्रम्प’ भनेका छन् । राष्ट्रपति जो बाइडेनको फिटनेस देखाउने प्रयासमा यो विशेष पत्रकार सम्मेलन आयोजना गरिएको थियो, जसमा बाइडेनले पत्रकारहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।

तर प्रेस सम्मेलन समाप्त भएपछि, बाइडेनले तीन थप डेमोक्रेटिक नेताहरू, क्यालिफोर्नियाका कांग्रेस सदस्य स्कट पिटर्स, इलिनोइसका एरिक सोरेन र वाशिंगटनका मेरी ग्लुसेनक्याम्प पेरेजको समर्थन गुमाएका छन् । एक घन्टासम्म चलेको यो पत्रकार सम्मेलनमा बाइडेनले कमला ह्यारिस र ट्रम्पको नाममा भएको गल्तीलाई पनि महसुस गर्न सकेनन् ।

यसअघि एक कार्यक्रममा उनले युक्रेनी नेता जेलेन्स्कीलाई ‘राष्ट्रपति पुटिन’ भनेका थिए । तर, पछि उनले हाँसेर यो गल्ती सच्याए ।

बाइडेनले पत्रकारहरूलाई उनी यस चुनावी दौडमा रहन ‘संकल्पित’ रहेको बताउदै प्रतिद्वन्द्वी ट्रम्पलाई फेरि हराउने बताए । पहिलो राष्ट्रपतिको बहसमा आफ्नो खराब प्रदर्शनको बारेमा, बाइडेनले आफ्नो व्यस्त तालिकालाई उद्धृत गर्दै त्यो विगत भइसकेको र र अब पहिले भन्दा धेरै तयार रहेको बताएका थिए ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा दौडमा रहेका राष्ट्रपति बाइडेनको स्वास्थ्यलाई लिएर डेमोक्र्याट सदस्यहरुमा चिन्ता बढ्दै गएको छ । यस पत्रकार सम्मेलनपछि डेमोक्र्याट नेता स्कट पिटर्सले ८१ वर्षीय बाइडेनलाई आफ्नो उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

यसअघि पुर्व सभामुख न्यान्सी पेलोसी, डेमोक्र्याट फन्डरेजर र चर्चित हलिउड अभिनेता जर्ज क्लुनीले बाइडेनको स्वास्थ्यबारे प्रश्न उठाएका थिए।

यस बाहेक भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्शले वाशिंगटन पोस्ट अखबारमा लेख लेखेर बाइडेनलाई ‘देशको हितमा उम्मेदवारी त्याग्न’ अपील गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह