2026-10-23 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मिडियाको अगाडी बाइडेनले फेरी गरे गल्ति, आफ्नै उपराष्ट्रपतिलाई भने ट्रम्प

असार २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार एक पत्रकार सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ‘उपराष्ट्रपति ट्रम्प’ भनेका छन् । राष्ट्रपति जो बाइडेनको फिटनेस देखाउने प्रयासमा यो विशेष पत्रकार सम्मेलन आयोजना गरिएको थियो, जसमा बाइडेनले पत्रकारहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।

तर प्रेस सम्मेलन समाप्त भएपछि, बाइडेनले तीन थप डेमोक्रेटिक नेताहरू, क्यालिफोर्नियाका कांग्रेस सदस्य स्कट पिटर्स, इलिनोइसका एरिक सोरेन र वाशिंगटनका मेरी ग्लुसेनक्याम्प पेरेजको समर्थन गुमाएका छन् । एक घन्टासम्म चलेको यो पत्रकार सम्मेलनमा बाइडेनले कमला ह्यारिस र ट्रम्पको नाममा भएको गल्तीलाई पनि महसुस गर्न सकेनन् ।

यसअघि एक कार्यक्रममा उनले युक्रेनी नेता जेलेन्स्कीलाई ‘राष्ट्रपति पुटिन’ भनेका थिए । तर, पछि उनले हाँसेर यो गल्ती सच्याए ।

बाइडेनले पत्रकारहरूलाई उनी यस चुनावी दौडमा रहन ‘संकल्पित’ रहेको बताउदै प्रतिद्वन्द्वी ट्रम्पलाई फेरि हराउने बताए । पहिलो राष्ट्रपतिको बहसमा आफ्नो खराब प्रदर्शनको बारेमा, बाइडेनले आफ्नो व्यस्त तालिकालाई उद्धृत गर्दै त्यो विगत भइसकेको र र अब पहिले भन्दा धेरै तयार रहेको बताएका थिए ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा दौडमा रहेका राष्ट्रपति बाइडेनको स्वास्थ्यलाई लिएर डेमोक्र्याट सदस्यहरुमा चिन्ता बढ्दै गएको छ । यस पत्रकार सम्मेलनपछि डेमोक्र्याट नेता स्कट पिटर्सले ८१ वर्षीय बाइडेनलाई आफ्नो उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

यसअघि पुर्व सभामुख न्यान्सी पेलोसी, डेमोक्र्याट फन्डरेजर र चर्चित हलिउड अभिनेता जर्ज क्लुनीले बाइडेनको स्वास्थ्यबारे प्रश्न उठाएका थिए।

यस बाहेक भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्शले वाशिंगटन पोस्ट अखबारमा लेख लेखेर बाइडेनलाई ‘देशको हितमा उम्मेदवारी त्याग्न’ अपील गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने