२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

थाइल्यान्डमा भारतसहित ९३ देशका नागरिकलाई ‘भिसा फ्री इन्ट्री’

२०८१, १ श्रावण मंगलवार ०९:३२

साउन १, बैंकक । थाइल्यान्डले देशको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न विश्वका ९३ देशका पासपोर्टहोल्डरलाई ‘भिसा फ्री इन्ट्री’को घोषणा गरेको छ । सोमबारदेखि लागु भएको यो नयाँ स्किमअन्तर्गत पर्यटकहरू सो भिसामा ६० दिनसम्म बस्न सक्नेछन् ।


यसअघि ५७ देशलाई त्यसखालको सुविधा दिइएकोमा अहिले विस्तार गरिएको हो । पर्यटन क्षेत्र थाइल्यान्डको अर्थतन्त्रको मुख्य खम्बा भए पनि कोरोना महामारीको अवस्थाबाट पूर्ण रूपमा उक्सिन सकेको छैन ।

थाइल्यान्डमा सन् २०२४ को सुरुका ६ महिनामा १७.५ मिलियन (एक करोड ७५ लाख) विदेशी पर्यटक आएको रेकर्ड पाइएको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ३५ प्रतिशत बढी हो । तर, कोरोना महामारी अघिकोभन्दा यो संख्या कम हो । 

थाइल्यान्डमा बहुसंख्यक पर्यटक चीन, मलेसिया र भारतबाट जाने गरेका छन् । भिसा फ्रि इन्ट्रीको सूचीमा नेपाल भने छैन । दक्षिण एसियाबाट भारत, माल्दिभ्स र श्रीलंकामात्र सूचीमा छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा