२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

थाइल्यान्डमा भारतसहित ९३ देशका नागरिकलाई ‘भिसा फ्री इन्ट्री’

१ श्रावण २०८१, मंगलवार ०९:३२

साउन १, बैंकक । थाइल्यान्डले देशको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न विश्वका ९३ देशका पासपोर्टहोल्डरलाई ‘भिसा फ्री इन्ट्री’को घोषणा गरेको छ । सोमबारदेखि लागु भएको यो नयाँ स्किमअन्तर्गत पर्यटकहरू सो भिसामा ६० दिनसम्म बस्न सक्नेछन् ।


यसअघि ५७ देशलाई त्यसखालको सुविधा दिइएकोमा अहिले विस्तार गरिएको हो । पर्यटन क्षेत्र थाइल्यान्डको अर्थतन्त्रको मुख्य खम्बा भए पनि कोरोना महामारीको अवस्थाबाट पूर्ण रूपमा उक्सिन सकेको छैन ।

थाइल्यान्डमा सन् २०२४ को सुरुका ६ महिनामा १७.५ मिलियन (एक करोड ७५ लाख) विदेशी पर्यटक आएको रेकर्ड पाइएको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ३५ प्रतिशत बढी हो । तर, कोरोना महामारी अघिकोभन्दा यो संख्या कम हो । 

थाइल्यान्डमा बहुसंख्यक पर्यटक चीन, मलेसिया र भारतबाट जाने गरेका छन् । भिसा फ्रि इन्ट्रीको सूचीमा नेपाल भने छैन । दक्षिण एसियाबाट भारत, माल्दिभ्स र श्रीलंकामात्र सूचीमा छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का