2026-09-27 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

श्रीलंकाको यू-१९ टोलीका पूर्वकप्तान निरोशानाको गोली हानी हत्या

साउन २, काठमाडौँ । श्रीलंकाको अन्डर-१९ क्रिकेट टोलीका पूर्व कप्तान धम्मिका निरोशानाको गोली हानी हत्या भएको छ । एनडीटीभीका अनुसार मंगलबार राति अम्बालाङ्गोडास्थित आफ्नै घरमा गोली हानी निरोशानाको हत्या गरिएको हो ।

स्थानीय मिडिया रिपोर्टहरूकाअनुसार घटना हुँदा निरोशाना पत्नी र दुई बच्चाहरुसंग घरमा थिए । आक्रमणकारीले निरोशानामाथि १२ बोरको बन्दुक प्रयोग गरेको बताइएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमका लागि पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निरोशानालाई श्रीलंकाको युवा प्रणालीबाट बाहिर आएका उत्कृष्ट पेस बलिङ अलराउन्डरमध्ये एकको रूपमा हेरिएको थियो ।

उमेर समूह क्रिकेटको समयमा उनले फरवेज महरुफ, एन्जेलो म्याथ्यूज, उपुल थरंगा आदि जस्ता खेलाडीहरूको नेतृत्व गरेका थिए । उनले २० वर्षको उमेरमा खेल छोडेका थिए ।

निरोशानाले सन् २००१ र २००४ को बीचमा गाले क्रिकेट क्लबका लागि कुल १२ प्रथम श्रेणी खेल र ८ लिस्ट ए खेल खेलेका थिए ।

उनी एक उत्कृष्ट अलराउन्डर थिए । ब्याट र बल दुवैमा डेलिभर गर्न सक्ने निरोशानाले ३०० भन्दा बढी रन बनाएका थिए । आफ्नो सक्रिय करियरमा उनले १९ विकेट लिए ।

उनले सन् २००० मा श्रीलंकाको यू-१९ टोलीबाट डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह