2026-09-27 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

माइक्रोसफ्ट डाउन: सफ्टवेयरमा भारी निर्भरताले विश्व अर्थतन्त्रमा उथलपुथल

साउन ५, काठमाडौँ । माइक्रोसफ्टको कम्प्युटर सफ्टवेयरको अपडेटमा भएको प्राविधिक त्रुटिले विश्वभर हंगामा मच्चाएको छ ।

लाखौं कम्प्युटरहरू अचानक बन्द भएका छन्, जसको असर हजारौं उडानहरू रद्द वा ढिलाइ भए भने बैंकिङ प्रणाली धराशायी भयो, स्वास्थ्य सेवा प्रभावित भयो, सञ्चारमाध्यमको प्रसारण बन्द भयो, व्यापार जगत समस्यामा पर्यो । अमेरिकामा मात्रै ९११ सेवा अवरुद्ध भएका छन् । १७ घण्टाको समस्यापछि शुक्रबार राति करिब १० बजे माइक्रोसफ्टले समस्या समाधान भएको दाबी गरेको छ ।

विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम प्रयोग गर्ने कम्प्युटरमा यस्तो अवस्था आएको हो । समस्या मूलतः कम्प्युटरहरूमा देखा पर्‍यो जसले माइक्रोसफ्टको क्लाउड सेवा प्रयोग गरिरहेको थियो जसमा क्राउडस्ट्राइकको फायरवाल प्रणाली थियो । 

माइक्रोसफ्टले संसारभरका उद्यमहरूले नेटवर्कलाई ह्याकरहरू र बाहिरी हस्तक्षेपबाट जोगाउन साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकको सफ्टवेयर प्रयोग गर्ने गरेको र अहिलेको समस्या क्राउडस्ट्राइकले यो सुरक्षा सफ्टवेयर अपडेट गरिरहेको थियो र अपडेटमा प्राविधिक गडबडीका कारण स्थिति उत्पन्न भएको बताएको छ ।

फ्लाइट अवेयरका अनुसार शुक्रबार विश्वभर ३३, १३९ भन्दा बढी उडानहरू ढिलाइ भएका छन् भने करिब ३,७५० उडानहरू रद्द भएका छन् । डेल्टा एयरलाइन्सले अमेरिकामा सबैभन्दा धेरै ७८८ उडान रद्द गरेको थियो । जबकि, एटलान्टा एयरपोर्टमा सबैभन्दा बढी १५५ उडानहरू रद्द गरिएका थिए ।

एयरपोर्टमा कम्प्युटरबाट हुने सबै काम हातले गरिएको थियो । उड्डयन कर्मचारीलाई चेक इन गर्न र बोर्डिङ पास जारी गर्न आधा घण्टाभन्दा बढी समय लागेको थियो ।

शुक्रबारको घटना सफ्टवेयरमा भारी निर्भरताले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ भन्ने उदाहरण हो । अमेरिका, युरोपलगायत दर्जनौं देशमा बैंकिङ र स्वास्थ्य सेवा पनि प्रभावित भएको छ । माइक्रोसफ्टसँगै गुगल र अमेजन सर्भर र क्लाउड सेवा प्रदान गर्ने ठूला कम्पनी हुन् । अधिकांश देश र कम्पनीहरू तिनीहरूमा निर्भर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह