2026-09-27 09:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

साउन ७,  काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन् । 

८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् ।

पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो ।

बाइडेनले विज्ञप्तिमा भनेका छन्- ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।’

बाइडेनले आफ्नो निर्णय बारे राष्ट्रको नाममा सम्बोधन गर्ने अमेरिकी मिडियाहरुले बताएका छन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

यसैबीच कमला ह्यारिसले आफुलाई राष्ट्रपतिको उम्मेदवारीमा बाइडेनको समर्थन पाउनु सम्मानको कुरा भएको प्रतिक्रिया दिएकी छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह