2026-09-27 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

साउन ८, काठमाडौँ । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको छ ।

पूर्वी सहर दारूवरमा रहेको एक नर्सिंग होममा भएको गोलीकाण्डमा एक कर्मचारीसहित पाँच जनाको मृत्यु भएको हो भने अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा परी कैयौं घाइते भएको र चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

क्रोएसियाली मिडियाका अनुसार आक्रमणकारी हमलापछि घटनास्थलबाट भागेका थिए र पछि क्याफेबाट पक्राउ परेका थिए । उनको साथबाट हतियार समेत बरामद गरिएको छ ।

क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गोली प्रहारबाट आफू स्तब्ध भएको बताएका छन् । उनले देशमा बन्दुकसम्बन्धी नियम ‘अझै कडा’ बनाउने कुरा गरेका छन् ।

“यो एक गम्भीर चेतावनी हो र सबै संस्थाहरूलाई समाजमा हिंसा रोक्नको लागि थप कार्य गर्न आह्वान हो,” राष्ट्रपति मिलानोभिकले सामाजिक सञ्जालमा पोस्टमा लेखेका छन् ।

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले यसलाई “भयानक आक्रमण” भनेर वर्णन गर्दै पीडितहरूप्रति समवेदना व्यक्त गरे । स्थानीय मिडियाबाट प्राप्त अपुष्ट रिपोर्टहरू अनुसार आक्रमणकारी एक पूर्व सैनिक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह