२५ असार २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बंगलादेश : आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता रिहा

१७ श्रावण २०८१, बिहीबार १२:१३

साउन १७, काठमाडौं । बंगलादेशमा निजामती सेवामा जागिरको आरक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ । 

देशव्यापी आन्दोलनका कारण गत महिना प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब समय बन्न पुगेको थियो ।

प्रहरी र अस्पतालबाट एएफपीले पुष्टि गरेको तथ्यांकअनुसार विद्यार्थीले गत महिना देशव्यापी ली निकालेका थिए । जसमा प्रहरीको दमन र कम्तीमा २०६ जनाको मृत्यु भएको थियो ।


डेपुटी कमिस्नर जुनैद आलम सरकारले भने, “आरक्षण प्रणालीविरूद्धको आन्दोलनका सबै ६ जना संयोजकलाई आज दिउँसो उनीहरूको परिवारको जिम्मा लगाइएको छ । 

नाहिदका पिता बदरुल इस्लामले एएफपीसँग कुरा गर्दै छोरा बिहीबार दिउँसो घर फर्केको पुष्टि गरे, तर उनीबारे थप विवरण भने दिन अस्वीकार गरे ।  

प्रमुख नेता नाहिद इस्लाम र अन्य दुईजनालाई गत शुक्रबार राजधानी ढाकाको एक अस्पतालबाट सादा पोसाकका गुप्तचरहरूले जबर्जस्ती डिस्चार्ज गरी अज्ञात स्थानमा लगेका थिए ।

त्यसपछिका दिनहरूमा अन्य तीनजनालाई हिरासतमा लिइएको थियो र सरकारले उनीहरूलाई आफ्नो सुरक्षाको लागि हिरासतमा राखिएको बताएको थियो ।

न्यायमन्त्री अनिसुल हकले बिहीबार एएफपीसँग कुरा गर्दै ६ जनाले स्वेच्छाले प्रहरी हिरासतमा बस्न चाहेको बताएका छन् । उनले भने, “उहाँहरू स्वेच्छाले आउनुभएको थियो । स्वयंले आफू जान चाहेको बताएपछि उनीहरूलाई घर फर्कन अनुमति दिइएको छ ।” 

आन्दोलन चर्किएपछि हसिना सरकारले सेना तैनाथ गरेर कर्फ्यु लगाएको थियो । कुल १७ करोड जनसंख्या भएको देशभरि ११ दिनसम्म मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको थियो भने अदालतले आरक्षण प्रणालीबारे अर्को महिना गर्नेे तयारी गरेको फैसला केही दिन पहिले गरेको थियो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार अशान्तिका कारण १० हजारभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।

स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका अन्य सदस्यहरूले प्रदर्शनमा रोक लगाएपछि यसै हप्ता बंगलादेशका वरिपरिका सहरहरूमा साना र छरिएका विरोध प्रदर्शनहरू फेरि सुरु भएका छन् ।

सरकारले आफ्ना नेतालाई रिहा गर्न सोमबार दिएको समयसीमालाई वेवास्ता गरेपछि उनीहरूले आफ्नो अभियान पुनः सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । विद्यार्थी नेताको रिहाइपछि अब आन्दोलन जारी रहन्छ वा स्थगित गरिनेछ यसबारे विद्यार्थी समूहबीच छलफल हुन बाँकी नै छ । 

“उनीहरूलाई हिरासतमा राख्नु स्वेच्छाचारी र गैरकानुनी थियो,” ओस्लो विश्वविद्यालयका अनुसन्धाता मुबशर हसनले एएफपीसँग भने, “राष्ट्रिय र अन्तर्राष्ट्रिय आलोचना बढिरहेको छ ।”

उनले नेताहरूको रिहाइले सरकार आन्दोलनसँग ‘तनाव कम गर्न’ खोजिरहेको संकेत गरेको बताए ।  

गत महिना सबै सरकारी जागिरको आधाभन्दा बढी हिस्सा निश्चित समूहका लागि आरक्षित गर्ने कोटा योजनाको पुनः लागु गरिएको विरोधमा प्रदर्शनहरू भएका थिए ।

सरकारी आँकडाअनुसार करिब एक करोड ८० लाख युवा बंगलादेशीहरू बेरोजगार रहेका समय सरकारले लिएको आरक्षणसम्बन्धी यो कदमले गम्भीर रोजगारी संकटको सामना गरिरहेका स्नातकहरूलाई गम्भीर दुःखी बनाएको छ ।आलोचकहरूले यो आरक्षण सत्तारुढ अवामी लिगका वफादारहरूलाई सार्वजनिक जागिरमा भर्ना गर्न प्रयोग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय क्रिकेटर दयालविरुद्ध यौन दुर्व्यवहारको आरोप त्रिभुवन विश्वविद्यालयको सिनेट बिहीबार बालुवाटारमा बस्ने प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे सोबिताको टिप्पणी,एमालेको आपत्ति प्रमाण दिन चुनौती अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ इयुले बेइजिङ शिखर सम्मेलनमा चीनसँग व्यापार ‘पुनः सन्तुलन’ खोज्ने करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, ५०० भन्दा बढी पक्राउ परराष्ट्रमन्त्री डा राणा र जर्मनीका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छः उपप्रधानमन्त्री सिंह संवैधानिक परिषद्लाई समावेशी र ठीक ढङ्गले चलाउनुपर्नेमा जोड ‘सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ’: उद्योगमन्त्री दामोदर भण्डारी उद्धार व्यवस्थित र प्रभावकारी बनाउन सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, २६८३.८६ विन्दुमा कायम मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषा सरकारी कामकाजमा प्रयोग गर्न माग असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसदको जोड अमेरिकासँगको ‘नरम’ धारणाका कारण इरानी राष्ट्रपतिको आलोचना गाजामा पाँच इजरायली सैनिकको मृत्यु देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको : कुलमान घिसिङ