२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकामा डेमोक्रेट पार्टीको राष्ट्रपति उम्मेदवार छान्न मतदान शुरु,ह्यारिसको जित निश्चित

१८ श्रावण २०८१, शुक्रबार ०२:५४

साउन १८, काठमाडौँ । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान सुरु भएको छ ।

यसमा उपराष्ट्रपति कमला ह्यारिसको जित निश्चित मानिएको छ । डेमोक्रेटिक पार्टीका प्रतिनिधिहरूले अगस्ट ६ को बिहान ४ बजेसम्म राष्ट्रपतिको उम्मेदवार चयन गर्न मतदान गर्न सक्नेछन् । यसपछि नतिजा सार्वजनिक हुनेछ । कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्न डेमोक्रेटका ४ हजार प्रतिनिधि मध्ये १९७६ मत चाहिन्छ । वासिङ्टन पोस्टको रिपोर्टका अनुसार उनले यो आँकडा सजिलै पार गर्ने अपेक्षा गरिएको छ ।

अगस्त ६ मा मतदान सकिएपछि कमलाले उपराष्ट्रपति पदका लागि उम्मेदवारको नाम पनि घोषणा गर्न सक्नेछन् । त्यसपछि दुवै नेताले अमेरिकामा नयाँ चुनावी अभियान सुरु गर्नेछन् । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । 

बाइडेनको फिर्ताको भोलिपल्ट जुलाई २२ मा कमलाले डेमोक्रेटिक पार्टीबाट उम्मेदवारीको लागि बहुमत हासिल गरिन् । न्यूयोर्क टाइम्सका अनुसार कमला ह्यारिसलाई ४ हजारमध्ये १९७६ प्रतिनिधिको समर्थन प्राप्त भएको थियो । त्यसपछि उनले जुलाई २६ गते उम्मेदवारी फारम भरेर औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका थिए । बाइडेन दौडबाट बाहिरिएपछि डेमोक्र्याटिक पार्टीका सबै ठूला नेताहरूले कमला ह्यारिसलाई समर्थन गरेका छन्। जसमा पूर्व राष्ट्रपति बाराक ओबामा, उनकी पत्नी मिशेल ओबामा र बिल र हिलारी क्लिन्टन रहेका छन् ।

राष्ट्रपतिको उम्मेदवारीका लागि कमलाको नाम आएपछि अमेरिकी चुनावमा डेमोक्रेटिक पार्टीको प्रदर्शनमा सुधार आएको छ । मर्निङ कन्सल्ट पोलका अनुसार ७ महत्वपूर्ण राज्यमध्ये कमला ४ मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा अगाडि छिन् ।

ह्यारिसले रोयटर्स र इप्सोसको सर्वेक्षणमा पनि ट्रम्पलाई पछि पारेका छन् । जबकि ट्रम्प २ राज्यमा अगाडि छन् । एक सिटमा प्रतिस्पर्धा बराबर छ । जबकी बाइडेन चुनावी मैदानमा रहदा यी सबै राज्यमा ट्रम्पभन्दा पछाडि थिए । अर्कोतर्फ कमलाले डेमोक्रेटिक पार्टीमा पनि आफ्नो प्रभाव बढाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का