२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमास नेता हानियाको हत्याकाण्ड : दुई महिनाअघि नै ‘फिट’ गरिएको थियो बम !

२०८१, १८ श्रावण शुक्रबार ०९:००

साउन १८, तेहरान । इरानमा गएको बुधबार बिहान मारिएका हमासका नेता इस्माइल हानियाको हत्याका निम्ति महिनौँअघि विस्फोटक डिभाइस उक्त भवनमा ‘प्लान्ट’ गरिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

उक्त बम हानिया बस्ने तय भएको गेस्टहाउसमा दुई महिनाअघि नै लुकाएर राखिएको थियो । उनी कोठाभित्र पसेपछि त्यसलाई रिमोटबाट विस्फोट गराइएको समेत स्रोतलाई उद्धृत गर्दै जनाइएको छ । त्यससम्बन्धी विस्तृत विवरण दी न्युयोर्क टाइम्सले पहिलोपटक सार्वजनिक गरेको थियो ।


इरान सरकार र हमासले हानियाको हत्या इजरायलले गरेको बताउँदै आएका छन् । इजरायलले घटना आफूले गराएको ‘कन्फर्म’ गरेको छैन, अस्वीकार पनि गरेको छैन ।

स्रोतले जनाएअनुसार, इजरायली अधिकारीले उनको हत्याका बारेमा घटनापछि मात्र अमेरिकालाई जानकारी गराएका थिए । इरान र हमासले हानिया बसेको भवनभन्दा बाहिरबाट रकेट प्रहार गरेर उनको हत्या गरिएको यसअघि बताउँदै आएका थिए ।

तर, उक्त गेस्टहाउसमा बम बाहिरबाट तस्करी गरिएको र त्यो इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्सको नियन्त्रणमा भएको जनाइएको छ । 

इरानका सर्वोच्च नेता आयोतोल्ला अली खमेनेईले बुधबार भनेका थिए, “तिमीहरूले हाम्रो प्रिय अतिथिलाई हाम्रो घरमा मार्‍यौ । यसले तिमीहरूलाई कठोर सजाय दिने मार्गप्रशस्त गरेको छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त