२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमास नेता हानियाको हत्याकाण्ड : दुई महिनाअघि नै ‘फिट’ गरिएको थियो बम !

१८ श्रावण २०८१, शुक्रबार ०९:००

साउन १८, तेहरान । इरानमा गएको बुधबार बिहान मारिएका हमासका नेता इस्माइल हानियाको हत्याका निम्ति महिनौँअघि विस्फोटक डिभाइस उक्त भवनमा ‘प्लान्ट’ गरिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

उक्त बम हानिया बस्ने तय भएको गेस्टहाउसमा दुई महिनाअघि नै लुकाएर राखिएको थियो । उनी कोठाभित्र पसेपछि त्यसलाई रिमोटबाट विस्फोट गराइएको समेत स्रोतलाई उद्धृत गर्दै जनाइएको छ । त्यससम्बन्धी विस्तृत विवरण दी न्युयोर्क टाइम्सले पहिलोपटक सार्वजनिक गरेको थियो ।


इरान सरकार र हमासले हानियाको हत्या इजरायलले गरेको बताउँदै आएका छन् । इजरायलले घटना आफूले गराएको ‘कन्फर्म’ गरेको छैन, अस्वीकार पनि गरेको छैन ।

स्रोतले जनाएअनुसार, इजरायली अधिकारीले उनको हत्याका बारेमा घटनापछि मात्र अमेरिकालाई जानकारी गराएका थिए । इरान र हमासले हानिया बसेको भवनभन्दा बाहिरबाट रकेट प्रहार गरेर उनको हत्या गरिएको यसअघि बताउँदै आएका थिए ।

तर, उक्त गेस्टहाउसमा बम बाहिरबाट तस्करी गरिएको र त्यो इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्सको नियन्त्रणमा भएको जनाइएको छ । 

इरानका सर्वोच्च नेता आयोतोल्ला अली खमेनेईले बुधबार भनेका थिए, “तिमीहरूले हाम्रो प्रिय अतिथिलाई हाम्रो घरमा मार्‍यौ । यसले तिमीहरूलाई कठोर सजाय दिने मार्गप्रशस्त गरेको छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का