२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एयर इण्डियाले बन्द गर्यो इजरायलका उडान

१८ श्रावण २०८१, शुक्रबार ११:००

साउन १८, काठमाडौँ । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ ।

इरानले हानियाको मृत्युको बदला लिन इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छ । इजरायल उच्च सतर्कतामा छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले भारत र इजरायलको राजधानी तेल अवीवबीचको उडान सेवा बन्द गर्ने निर्णय गरेको छ ।


एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै अगस्त ८ सम्म सेवा बन्द गर्ने घोषणा गरेको छ । 

एयर इन्डियाले भनेको छ, 'पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्दै हामीले तेल अवीवमा प्रस्तावित उडान तत्काल प्रभावबाट रोक्ने निर्णय गरेका छौं। तेल अभिभबाट आउने र यहाँबाट तेल अवीव जाने हवाई सेवाहरू हाल अगस्ट ८, २०२४ सम्म बन्द हुनेछन् । हामीले स्थितिको निरन्तर निगरानी गरिरहेका छौं ।'

बुधबार इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको थियो । हमासले यसका लागि इजरायललाई दोष दिएको छ । योसँगै इरानले पनि इजरायललाई आक्रमण गर्ने धम्की दिएको छ । यसको जवाफमा इजरायलले पनि इरानलाई कडा जवाफ दिने बताएको छ । इस्माइल हानियाको मृत्यु हुनुभन्दा एक दिन अघि, लेबनानको बेरुतमा इजरायली आक्रमणमा एक शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका थिए । जसमा हिजबुल्लाहले इजरायलले बदला लिने धम्की दिएको छ ।

हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण समेत सुरु गरेको छ ।

इजरायल–हमास युद्धका कारण पश्चिम एसियामा तनाब बढेको भएपनि अहिले पछिल्लो घटनाक्रमका कारण तनाव उत्कर्षमा पुगेको छ र अब इजरायल–हमास युद्ध पश्चिम एसियाभर फैलिन सक्ने आशंका गरिएको छ । अमेरिकाले इरानले इजरायलमा आक्रमण गरे इजरायलको सुरक्षाका लागि सबै सम्भव सहयोग गर्ने घोषणा गरेको छ । यही कारणले गर्दा एयर इन्डियाले सावधानीका रूपमा केही समयका लागि तेल अवीवका लागि उडान सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का