२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एयर इण्डियाले बन्द गर्यो इजरायलका उडान

२०८१, १८ श्रावण शुक्रबार ११:००

साउन १८, काठमाडौँ । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ ।

इरानले हानियाको मृत्युको बदला लिन इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छ । इजरायल उच्च सतर्कतामा छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले भारत र इजरायलको राजधानी तेल अवीवबीचको उडान सेवा बन्द गर्ने निर्णय गरेको छ ।


एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै अगस्त ८ सम्म सेवा बन्द गर्ने घोषणा गरेको छ । 

एयर इन्डियाले भनेको छ, 'पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्दै हामीले तेल अवीवमा प्रस्तावित उडान तत्काल प्रभावबाट रोक्ने निर्णय गरेका छौं। तेल अभिभबाट आउने र यहाँबाट तेल अवीव जाने हवाई सेवाहरू हाल अगस्ट ८, २०२४ सम्म बन्द हुनेछन् । हामीले स्थितिको निरन्तर निगरानी गरिरहेका छौं ।'

बुधबार इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको थियो । हमासले यसका लागि इजरायललाई दोष दिएको छ । योसँगै इरानले पनि इजरायललाई आक्रमण गर्ने धम्की दिएको छ । यसको जवाफमा इजरायलले पनि इरानलाई कडा जवाफ दिने बताएको छ । इस्माइल हानियाको मृत्यु हुनुभन्दा एक दिन अघि, लेबनानको बेरुतमा इजरायली आक्रमणमा एक शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका थिए । जसमा हिजबुल्लाहले इजरायलले बदला लिने धम्की दिएको छ ।

हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण समेत सुरु गरेको छ ।

इजरायल–हमास युद्धका कारण पश्चिम एसियामा तनाब बढेको भएपनि अहिले पछिल्लो घटनाक्रमका कारण तनाव उत्कर्षमा पुगेको छ र अब इजरायल–हमास युद्ध पश्चिम एसियाभर फैलिन सक्ने आशंका गरिएको छ । अमेरिकाले इरानले इजरायलमा आक्रमण गरे इजरायलको सुरक्षाका लागि सबै सम्भव सहयोग गर्ने घोषणा गरेको छ । यही कारणले गर्दा एयर इन्डियाले सावधानीका रूपमा केही समयका लागि तेल अवीवका लागि उडान सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा