साउन २१, काठमाडौँ । भारतको विहारमा करेन्ट लागेर नौ जना बोलबम यात्रीको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
सुल्तानपुर गाउँमा हाइटेन्सन तार खस्दा बोलबम यात्रीलाई करेन्ट लागेको हो। घटना आइतबार राति १०:४५ बजे भएको बीबीसीले जनाएको छ ।
गाडीमाथि हाइटेन्सन तार खस्दा करेन्ट लागेर उनीहरूको मृत्यु भएको जनाइएको छ।