२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अनौठो घटना: महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आपत्कालीन अवतरण

२०८१, २१ श्रावण सोमबार ११:३८

साउन २१,  वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ । 

एथन जुडेलसन नाम गरेका एक यात्रीले टिकटकमा आफ्नो यो अनुभव शेयर गरेका छन् । भिडियोलाई १२ लाखभन्दा धेरै पटक हेरिएको छ । विमानमा उपस्थित चालक दलका सदस्यहरूले आकस्मिक अवतरणबारे खासै जानकारी दिएका थिएनन् । जसले गर्दा यात्रीहरू अक्क न बक्क परेका थिए ।


‘मैले वरपर हेरेँ, कोही पनि विमानको भुँइमा थिएनन् न त कोही आत्तिएकै थिए । मलाई लाग्यो, त्यस्तो डरलाग्दो त केही पनि होइन रहेछ । हामी विमानबाट बाहिर निस्क्यौँ,’ जुडेल्सनले भिडियोमा भनेका छन् । बाहिर निस्कने बित्तिकै अरु यात्रुहरूले एक महिला यात्रीको टाउकोमा जुम्रा हिँडिरहेको देखेको भनेर कुरा गरिरहेका थिए ।

विमानमा सवार दुई जना केटीले एक महिला यात्रीको टाउकोमा जुम्रा हिँडिरहेको देखेको भनेर फ्लाइट अटेन्डेन्टलाई सूचना दिएपछि मेडिकल इमर्जेन्सीका कारण विमान अपर्झट अवतरण गराइएको थियो । तर विमान अवतरण गरिएको १२ घण्टापछि मात्रै यात्रुहरूलाई इमेलमार्फत यसको कारण बताइएको टिकटक भिडियोमा जुडेलसनले भनेका छन् । यस घटनाबारे अमेरिकन एयरलाइन्सले कुनै विज्ञप्ति जारी भने गरेको थिएन । सबै यात्रुहरूलाई पछि लस एन्जलस सुरक्षित पुर्‍याइएको थियो । यो घटना यही जुन १५ को हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त