२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

को–को छन् बंगलादेशको अन्तरिम सरकारमा ?

२५ श्रावण २०८१, शुक्रबार ०६:३०

साउन २५, काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुखमा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रा.मोहम्मद युनुसले शपथ लिएका छन् । बिहीबार राति ८ बजेपछि युनुस र उनको नेतृत्वको सरकारले शपथ लिएकाे हो ।

शपथ लिनेबित्तिकै आफ्नो नेतृत्वको सरकारले देशका नागरिकको सुरक्षा सुनिश्चित गर्ने बताएका थिए । पेरिसबाट बिहीबार दिउँसो ढाका फर्किएपछि युनुसले राति शपथ ग्रहण गरेका थिए ।


यी हुन् युनुस नेतृत्वको सरकारमा रहेका अनुहार

डा.सलाहुद्दीन अहमद : मे २००५ देखि अप्रिल २००९ सम्म अहमद बंगलादेश बैंकका गभर्नर थिए । उनले देशको बैंकिङ क्षेत्रमा व्यापक सुधार गरेका थिए । ब्रिगेडियर जनरल सखावत हुसेन : सन् २००७ देखि २०१२ सम्म हुसेन देशको निर्वाचन आयुक्त थिए । सेनामा ब्रिगेडियर जनरलको पदबाट सेवानिवृत्त भएका हुसेन सुरक्षा र रक्षा विशेषज्ञ हुन् ।

डा.मोहम्मद नजरुल इस्लाम : कानुनका प्राध्यापक, अनुसन्धानकर्ता र नागरिक समाज कार्यकर्ता हुन् इस्लाम । सन् २०११ देखि २०१७ सम्म दक्षिण एसिया मानवअधिकार संगठनमा यिनी ब्यूरो सदस्य थिए । यिनले संविधान र अन्तरराष्ट्रिय कानुनमा धेरै पुस्तकहरू लेखेका छन् ।

आदिलुर रहमान खान : बंगलादेशी मानवअधिकार संगठन अधिकारका संस्थापक र मानवअधिकार कार्यकर्ता हुन् खान । देशका नायव महान्यायाधिवक्ता भइसकेका यिनले वकिलको रुपमा काम गरेका थिए ।

एएफ हसन आरिफ : यिनी बंगलादेशको सर्वाेच्च अदालतका वरिष्ठ अधिवक्ता हुन् । सन् १९७० देखि उनी कानुनी पेशामा संलग्न थिए । सन् २००१ देखि २००५ सम्म देशका महान्यायाधिवक्ता भए । आरिफले कलकत्ता हाइकोर्टबाट वकालत सुरु गरेका थिए ।

मोहम्मद तौहिद हुसेन : हुसेन सन् २००६ देखि ०९ सम्म विदेश सचिव थिए । दक्षिण अफ्रिकामा यिनले बंगलादेशको उच्चायुक्तको रूपमा काम गरेका थिए ।

सईदा रिजवाना हसन : बंगलादेश पर्यावरण वकिल संघ (बेला) का मुख्य कार्यकारी अधिकारी हुन् हसन । यिनी विश्वव्यापी वातावरण कानुन गठबन्धनको सदस्य पनि हुन् ।

सुप्रदीप चकमा : सन् १९८५ ब्याचका बंगलादेश निजामती सेवा अधिकारी हुन् चकमा । चटगाउँ पहाडी क्षेत्र विकास बोर्डका अध्यक्ष समेत रहेका उनी भियतनाम र मेक्सिकोका लागि बंगलादेशी राजदूत पनि थिए ।

फरिदा अख्तर : अख्तरले कृषि, समुद्री मत्स्य पालन, जनसंख्या र विकास मुद्दाहरूमा व्यापक अनुसन्धान गरेका छन् । उनको संस्था यूबीआईएन आईजीले जैविक विविधतामा आधारित कृषि प्रणालीलाई प्रवद्र्धन गरिरहेको छ ।

विधान रञ्जन राय :  प्रा. विधान रञ्जन राय पोद्दार मनोविज्ञानका विशेषज्ञ हुन् । नेशनल इन्ष्टिच्यूट अफ मेन्टल हेल्थ एन्ड अस्पतलामा यिनी मनोचिकित्सा विभागका सह–प्राध्यापक हुन् ।

शर्मीन मुर्शिद : मानवअधिकार संगठन ब्रोतीकी प्रमुख कार्यकारी अधिकृत हुन् । यो संस्थाले लामो समयदेखि समाजका सीमान्तकृत जनताका लागि काम गर्दै आएको छ ।

एएफएम खालिद हुसेन : अबुल फय्याज मोहम्मद खालिद हुसेन बंगलादेशका देवबन्दी इस्लामिक विद्वान हुन् । यिनी हिफाजत–ए–इस्लाम बंगलादेशका पूर्व उपाध्यक्ष पनि हुन् ।

फारुक ए आजम : नौसेना कमाण्डर फारुक ए आजम बंगलादेशका स्वतन्त्रता सेनानी हुन् ।

नूरजहाँ बेगम : नूरजहाँ बेगम प्रोफेसर युनुसको प्रारम्भिक सहयोगी र ग्रामीण बैंकसँग सम्बद्ध थिइन् ।

नाहिद इस्लाम : शेख हसिनालाई सत्ताबाट हटाउने विद्यार्थी आन्दोलनको अनुहार हुन् इस्लाम । उनले नै आरक्षण विरोधी आन्दोलन सुरु गरेका थिए ।

आसिफ महमूद : विद्यार्थी आन्दोलनको संयोजक र नाहिदको सहयोगी हुन् महमूद ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का