2026-07-28 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

को–को छन् बंगलादेशको अन्तरिम सरकारमा ?

साउन २५, काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुखमा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रा.मोहम्मद युनुसले शपथ लिएका छन् । बिहीबार राति ८ बजेपछि युनुस र उनको नेतृत्वको सरकारले शपथ लिएकाे हो ।

शपथ लिनेबित्तिकै आफ्नो नेतृत्वको सरकारले देशका नागरिकको सुरक्षा सुनिश्चित गर्ने बताएका थिए । पेरिसबाट बिहीबार दिउँसो ढाका फर्किएपछि युनुसले राति शपथ ग्रहण गरेका थिए ।

यी हुन् युनुस नेतृत्वको सरकारमा रहेका अनुहार

डा.सलाहुद्दीन अहमद : मे २००५ देखि अप्रिल २००९ सम्म अहमद बंगलादेश बैंकका गभर्नर थिए । उनले देशको बैंकिङ क्षेत्रमा व्यापक सुधार गरेका थिए । ब्रिगेडियर जनरल सखावत हुसेन : सन् २००७ देखि २०१२ सम्म हुसेन देशको निर्वाचन आयुक्त थिए । सेनामा ब्रिगेडियर जनरलको पदबाट सेवानिवृत्त भएका हुसेन सुरक्षा र रक्षा विशेषज्ञ हुन् ।

डा.मोहम्मद नजरुल इस्लाम : कानुनका प्राध्यापक, अनुसन्धानकर्ता र नागरिक समाज कार्यकर्ता हुन् इस्लाम । सन् २०११ देखि २०१७ सम्म दक्षिण एसिया मानवअधिकार संगठनमा यिनी ब्यूरो सदस्य थिए । यिनले संविधान र अन्तरराष्ट्रिय कानुनमा धेरै पुस्तकहरू लेखेका छन् ।

आदिलुर रहमान खान : बंगलादेशी मानवअधिकार संगठन अधिकारका संस्थापक र मानवअधिकार कार्यकर्ता हुन् खान । देशका नायव महान्यायाधिवक्ता भइसकेका यिनले वकिलको रुपमा काम गरेका थिए ।

एएफ हसन आरिफ : यिनी बंगलादेशको सर्वाेच्च अदालतका वरिष्ठ अधिवक्ता हुन् । सन् १९७० देखि उनी कानुनी पेशामा संलग्न थिए । सन् २००१ देखि २००५ सम्म देशका महान्यायाधिवक्ता भए । आरिफले कलकत्ता हाइकोर्टबाट वकालत सुरु गरेका थिए ।

मोहम्मद तौहिद हुसेन : हुसेन सन् २००६ देखि ०९ सम्म विदेश सचिव थिए । दक्षिण अफ्रिकामा यिनले बंगलादेशको उच्चायुक्तको रूपमा काम गरेका थिए ।

सईदा रिजवाना हसन : बंगलादेश पर्यावरण वकिल संघ (बेला) का मुख्य कार्यकारी अधिकारी हुन् हसन । यिनी विश्वव्यापी वातावरण कानुन गठबन्धनको सदस्य पनि हुन् ।

सुप्रदीप चकमा : सन् १९८५ ब्याचका बंगलादेश निजामती सेवा अधिकारी हुन् चकमा । चटगाउँ पहाडी क्षेत्र विकास बोर्डका अध्यक्ष समेत रहेका उनी भियतनाम र मेक्सिकोका लागि बंगलादेशी राजदूत पनि थिए ।

फरिदा अख्तर : अख्तरले कृषि, समुद्री मत्स्य पालन, जनसंख्या र विकास मुद्दाहरूमा व्यापक अनुसन्धान गरेका छन् । उनको संस्था यूबीआईएन आईजीले जैविक विविधतामा आधारित कृषि प्रणालीलाई प्रवद्र्धन गरिरहेको छ ।

विधान रञ्जन राय :  प्रा. विधान रञ्जन राय पोद्दार मनोविज्ञानका विशेषज्ञ हुन् । नेशनल इन्ष्टिच्यूट अफ मेन्टल हेल्थ एन्ड अस्पतलामा यिनी मनोचिकित्सा विभागका सह–प्राध्यापक हुन् ।

शर्मीन मुर्शिद : मानवअधिकार संगठन ब्रोतीकी प्रमुख कार्यकारी अधिकृत हुन् । यो संस्थाले लामो समयदेखि समाजका सीमान्तकृत जनताका लागि काम गर्दै आएको छ ।

एएफएम खालिद हुसेन : अबुल फय्याज मोहम्मद खालिद हुसेन बंगलादेशका देवबन्दी इस्लामिक विद्वान हुन् । यिनी हिफाजत–ए–इस्लाम बंगलादेशका पूर्व उपाध्यक्ष पनि हुन् ।

फारुक ए आजम : नौसेना कमाण्डर फारुक ए आजम बंगलादेशका स्वतन्त्रता सेनानी हुन् ।

नूरजहाँ बेगम : नूरजहाँ बेगम प्रोफेसर युनुसको प्रारम्भिक सहयोगी र ग्रामीण बैंकसँग सम्बद्ध थिइन् ।

नाहिद इस्लाम : शेख हसिनालाई सत्ताबाट हटाउने विद्यार्थी आन्दोलनको अनुहार हुन् इस्लाम । उनले नै आरक्षण विरोधी आन्दोलन सुरु गरेका थिए ।

आसिफ महमूद : विद्यार्थी आन्दोलनको संयोजक र नाहिदको सहयोगी हुन् महमूद ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै