साउन २५, काठमाडौँ । जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् ।

जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि जारी गरिएको हो ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौँ । जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् ।

जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि जारी गरिएको हो ।

"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानमा शक्तिशाली भूकम्पको चेतावनी

२५ श्रावण २०८१, शुक्रबार ०८:४०

साउन २५, काठमाडौँ । जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् ।

जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि जारी गरिएको हो ।

एड्भाइजरीलाई भूकम्प आउन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै सजगता अपनाउने उपायको एक हिस्सा भनिएको छ । यसलाई भूकम्पको नान्काई सूचना प्रोटोकलको रूपमा व्याख्या गरिएको छ ।

जापान मौसम विज्ञान एजेन्सीले नान्काई र आसपासको क्षेत्रमा शक्तिशाली भूकम्प जाने प्रवल सम्भावना रहेको बताएको छ । शक्तिशाली भूकम्प गएपछि सुनामी र भीषण हावाहुरीको सम्भावना रहेको पनि एजेन्सीले जनाएको छ ।

‘शक्तिशाली भूकम्पको सम्भावना एकदमै बढी भएको आकलन गरिए पनि यो निश्चित यही समयमा आउँछ भन्न सकिंदैन,’ एजेन्सीले उल्लेख गरेको छ ।

बिहीबार जापानको दक्षिण पश्चिम क्षेत्रमा ७.१ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यसपछि लगातार परकम्पहरू गइरहेका छन् ।

मौसम विज्ञान एजेन्सीले टोकियो वरपरका क्षेत्रहरूदेखि दक्षिणी ओकिनावा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रका स्थानीय तहहरूलाई भूकम्पबाट बच्ने तयारी र जाँच गर्न आग्रह गरिरहेको छ ।

सरकारी अधिकारीहरूले फर्निचरहरूलाई सुरक्षित रूपमा अडाउन आग्रह गरिरहेका छन् । सरकारी निकायले परिवारका सदस्यहरू भेट्ने र उनीहरूलाई सुरक्षित राख्ने उपाय अपनाउन सुझाव दिएका छन् । बालबालिका, वृद्धवृद्धा र अशक्तहरू बढी जोखिममा हुने भएकाले उनीहरूको सुरक्षाको लागि बढी सोच्न परिवारका सदस्यलाई आग्रह गरिएको छ ।

विज्ञहरूले नान्काई भूकम्प सुरुगा तट, सिजुवाका क्षेत्र र ह्युगानाडा नदीको प्लेटबाट आउने बताएका छन् । उनीहरूले ८ देखि ९ म्याग्नेच्युटको भूकम्प तीन दशकभित्र ७० देखि ८० प्रतिशत आउने सम्भावना औंल्याएका छन् ।

शक्तिशाली भूकम्पबाट २ लाख ३० हजार नागरिकको ज्यान जान सक्ने र २० लाख घर ध्वस्त हुने सरकारी आकलन छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का